११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

माओवादीका दुई दर्जन कार्यकर्ता एमाले प्रवेश

माओवादीका दुई दर्जन कार्यकर्ता एमाले प्रवेश
अ अ+ अ-

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मधेश प्रदेशमा नेकपा माओवादी केन्द्रको प्रदेश, जिल्ला र नगर कमिटीमा क्रियाशील कार्यकर्ताहरूलाई पार्टीमा स्वागत गर्नुभएको छ ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष ओलीले माओवादी, एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी, नेपाली काँग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीका महोत्तरीका नेता‍‍–कार्यकर्तालाई एमालेमा स्वागत गर्नुभएको हो ।

पार्टी प्रवेश गर्नेहरूमा नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी सदस्यहरू शंकर महतो र अंजितकुमार महतो, एकीकृत समाजवादी प्रदेश कमिटी सदस्य रोशन गौतम, माओवादी केन्द्रका महोत्तरी जिल्ला कमिटी सदस्य उमेश महतो, नेपाली काँग्रेसका महोत्तरी जिल्ला समिति सदस्य दीपबहादुर कार्की, माओवादी केन्द्रका जिल्ला कमिटी सदस्यहरू मनोजकुमार थापा, मनोजकुमार कुशवाहा, ललित सिंह, निरज अधिकारी, अशोक महतो, हृदयसिंह कुशवाहा, जयप्रकाश सिंह कुशवाहा हुनुहुन्छ ।

त्यसैगरी माओवादी केन्द्रका नगर कमिटी सदस्य राजेश्वर सिंह कुशवाहा, रामविनय साह, वाईसीएल नेपालका प्रदेश कमिटी सदस्य मनोज महतो ९रोयल०, माओवादी केन्द्रका नगर कमिटी सदस्य लक्ष्मी ठाकुर, राजाराम महतो, देविन्द्र सिंह, श्यामबाबु शाह, माओवादी केन्द्रका जिल्ला कमिटी सदस्य राजदेव प्रसाद यादव, रामजानकी मण्डल, मोहन यादव र वाईसीएल नेपालका जिल्ला कमिटी सदस्य सञ्जय महतो हुनुहुन्छ ।

त्यस्तै लोकतान्त्रिक समाजजवादी पार्टीका जिल्ला सदस्य शिवनारायण यादव, रापपाका जिल्ला समिति सदस्य फइमुदिन मोमिन पनि एमाले प्रवेश गर्नुभएको छ । उहाँहरूलाई पार्टी प्रवेशका लागि पार्टीका केन्द्रीय सदस्य सरोज यादवले सहजीकरण गर्नुभएको थियो ।

सोही कार्यक्रममा जाजरकोटका माओवादी कार्यकर्ता लविकुमार चन्द, रामबहादुर खड्का र प्रशान्त वली पनि एमालेमा प्रवेश गर्नुभएको छ । उहाँहरूलाई महासचिव शंकर पोखरेलले अबीर र अध्यक्ष ओलीले खादा लगाई स्वागत गर्नुभयो ।

नवप्रवेशीलाई स्वागत गर्दै अध्यक्ष ओलीले भन्नुभयो– ‘एउटै गन्तव्य, एउटै उद्देश्यमा एउटै विचार लिएर अगाडि बढ्ने सङ्कल्प गरेका छौं । समुन्नत र सामाजिक न्यायसहितको सभ्य समाज निर्माण हाम्रो गन्तव्य हो । त्यो भनेको ‘समृद्ध नेपाल सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने गन्तव्य हो ।’ नवप्रवेशी पनि परिवारका सदस्य भएकाले यथोचित व्यवस्थापन हुने वताउँदै अध्यक्ष ओलीले भन्नुभयो– पार्टीका सबै नेता कार्यकर्ताहरू समाजमा नमूना र अनुशरणीय हुनुपर्छ ।’ उहाँले अहिले आफूले ‘कोही बामपन्थी छौं भने आउ’ समाजवादतर्फको यात्रामा ध्रूवीकृत भएर अगाडि बढौं भनिरहेको र त्यसमा गैरबामपन्थी पनि हाम्रो विचार, गन्तव्यमा सहमत भए एमालेमा समाहित हुनसक्छन् भन्नुभयो ।

अध्यक्ष ओलीले भन्नुभयो– ‘बामपन्थी खोल ओढेर बामपन्थीमाथि छुरा हान्ने, दक्षिणपन्थी सरकार बनाउन मुद्दा हाल्ने र अरूको दलाल भएर हिड्नेहरूले आफूलाई बामपन्थी भन्नुको अर्थ छैन । ’ अध्यक्ष ओलीले नागरिकता विधेयकका सन्दर्भमा स्पष्ट पार्दै भन्नुभयो– नेपालीका छोराछोरीले नागरिकता पाउनैपर्छ भनेर नै मेरो नेतृत्वको सरकारले विधेयक अगाडि बढाउन चाहेको थियो । प्रचण्डका मान्छेले संसदको समितिमा रोकेर राखेपछि सरकारले अध्यादेश ल्यायो । अध्यादेश पनि कार्यान्वयन गर्न दिइएन । अदालतमा मुद्दा हाली रोकियो ।’

अध्यक्ष ओलीले अहिले नागरिकता विधेयकमा अङ्गीकृत नागरिकता के कति समयमा दिनेबारेमा छलफल त गरौं भन्दा पनि काँग्रेसले छलफल समेत गर्न नमानेको वताउनुभयो । सबै नवप्रवेशीका तर्फबाट मन्तव्य व्यक्त गर्दै माओवादी केन्द्रका मधेश प्रदेश कमिटी सदस्य शंकर महतोले २५ बर्षदेखि आफू क्रियाशील पार्टी समाजवादमा पुग्ने उद्देश्यबाट विचलित भएकाले विद्रोहका रूपमा एमालेमा प्रवेश गरेको वताउनुभयो ।

यतिवेला मुलुकको राष्ट्रियतामा सङ्कट आइरहेको र त्यसको रक्षा एमालेले मात्र गर्ने निष्कर्षमा आफू पुगेको महतोले वताउनुभयो । वर्तमान गठबन्धनमा सर्वहारा, श्रमजीवी वर्गको लागि कुनै चिन्ता र चासो नरहेको केवल सत्ता प्राप्तिका लागि गठबन्धनमा रहेको उहाँको भनाई थियो ।