२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री देउवाको मन्त्रालयमा आतंक, कर्मचारी प्रशासन लथालिंग



अ+ अ-

काठमाडौं । शेरबहादुर देउवा नेतृत्वको  मन्त्रिपरिषद्ले पूर्णता नपाउँदा दैनिक प्रशासन ठप्प छ। कर्मचारीतन्त्र लथालिंग छ। यस्तोमा पनि सरकारको ध्यान भने कर्मचारी सरुवामा केन्द्रित छ।

सरकार गठन भए लगत्तै सचिव, विभागीय प्रमुख, महाशाखा प्रमुख आयोजना प्रमुख धमाधम सरुवा भएका छन्। अर्थ, गृह, स्वास्थ्यलगायत महत्वपूर्ण मन्त्रालयका सचिवको सरुवा गरिएको छ। मन्त्री भएका मन्त्रालयमा सरुवाको आतंक नै छ। अर्थ, गृह, स्वास्थ्य, ऊर्जामा विभागीय प्रमुख, महाशाखा प्रमुख र आयोजना प्रमुखको व्यापक  हेरफेर भइसकेको छ। 

पूर्वसचिव शारदाप्रसाद त्रितालले २०६२।६३ पछिका सरकारमा कर्मचारी सरुवालाई ठूलो प्रगति मान्ने प्रवृत्ति हाबी भएको बताए। सरकार परिवर्तनसँगै कर्मचारी सरुवाको आतंक नै हुने गरेको बताए। उनले मन्त्रिमण्डलले पूर्णता नपाउँदै सरुवा आंतक भइसकको उल्लेख गर्दै उनले भने, ‘मन्त्री आउनै बाँकी छ, अहिले नै व्यापक सरुवा भइसक्यो, यसपछि त कति होलान्, कति १ कर्मचारी तर्साएर, धक्याएर काम गर्न सक्छौ, भन्ने सबै पार्टीमा देखिएको छ।’   

उनले आसेपासे, टेड युनियनको कुरा सुनेर मन्त्रीले निर्णय गर्दा कर्मचारी प्रशासन लथालिंग भइरहेको बताएको समाचार अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।