२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वप्रकाश शर्मा भन्छन्: झापाबाटै उठ्छु, प्रेम उता घरजम यता हुने कुरै हुन्न



file photo
अ+ अ-

काठमाडौँ  । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले झापाबाट चुनाव लड्ने बताएका छन् । काठमाडौं-५ बाट चुनाव लड्न चाहेको भनेर आएका समाचारहरुप्रति स्पष्ट पार्दै महामन्त्री शर्माले ट्वीटरमार्फत् काठमाडौंमा चुनाव प्रचारमा पुग्ने तर उम्मेदवार चाई झापाकै बन्ने बताएका हुन् ।

उनले लेखेका छन्, ‘फेरि प्रस्ट्याउँ- वाग्मतीको किनारलाई श्रद्धापुर्वक ढोग्ने हो, तर मान्छे म मेची र निन्दा किनारकै हो ! काठमाडौ ५ मा चुनाव प्रचारमा पुग्नेछुनै । तर उम्मेदवार बन्न चाहँदा गठबन्धनका अर्का मित्रलाई सम्मानसाथ साथमा लिएर, झापामै उम्मेदवार बन्नेछु प्रेम उता घरजम यता कुरै हुन्न । प्रेम उता घरजम यता कुरै हुन्न ।’

यसअघि २०७० र ७४ मा झापा-१ बाट लडेका शर्मा दुवैपटक पराजित भएका थिए ।