२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar सर्वाधिक १७३ मतसहित नेपाल संयुक्त राष्ट्र मानवअधिकार परिषद्को सदस्यमा निर्वाचित News Polar सेवाग्राहीको भौतिक उपस्थिति बिना नै प्रशासनको सेवा News Polar बजेट खर्चलाई मात्र प्रगतिको आधार नबनाउन निर्देशन News Polar पेट्रोलियम पदार्थको अभाव छैन : आयल निगम News Polar अपाङ्गता भएका बालबालिकालाई विद्यालयमा टिकाउन नीतिगत पहलको खाँचो News Polar खुट्टीखोला सिँचाइ आयोजनाः हेडवक्र्स बन्यो, खेतमा पुगेन पानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar नवरात्रको चौथो दिनः कुष्माण्डा देवीको पूजा आराधना गरिँदै News Polar मार्तडी धाउनुपर्ने बाध्यता हटाउने उद्देश्यसहित जिल्ला प्रशासन कार्यालयद्वारा प्रविधिमैत्री सेवा सुरु News Polar रेशमी मार्गको विरासत धानेको च्याङ्ग्रा व्यापार News Polar बाढीले क्षति पुर्‍याएको प्राकृतिक उपचार स्थल सिङ्गा तातोपानी कुण्डमा पुनःनिर्माण News Polar गृहमन्त्रीबाट ‘बिम्स्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा’ निर्माणको प्रस्ताव News Polar सुदूरपश्चिममा हट्यो ‘बजेट शून्यता’, प्रतिपक्षीको बहिष्कारबीच बजेट पारित News Polar कोलम्बियामा सरकारी सेनाको हवाई आक्रमण, किशोरीसहित चारको मृत्यु News Polar किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा News Polar अपाङ्गता भएका व्यक्तिको राजनीतिक सहभागिता बढाउन ‘समावेश’ परियोजना सुरु News Polar नवदुर्गाको तेस्रो स्वरूप चन्द्रघण्टाको आराधना News Polar सुदूरपश्चिममा कांग्रेसको बहिष्कारबीच बजेटमाथि छलफल News Polar डा. कृष्णहरि बरालको शब्द र महेश खड्काको संगीतमा ‘दशैं आयो’ सार्वजनिक News Polar ३० हजार दर्शकको सहभागितामा सिद्धार्थ फुड फेस्टिभल सम्पन्न, प्रशन्ना पाण्डेको प्रस्तुति आकर्षण

ज्येष्ठ नागरिक लक्षित ऐन कानूनः सम्मानपूर्वक बाँच्ने आधार

ज्येष्ठ नागरिक लक्षित ऐन कानूनः सम्मानपूर्वक बाँच्ने आधार
अ अ+ अ-

–वासुदेव पौडेल
गण्डकी ।  ‘आगो ताप्नू मुढाको, कुरा सुन्नू बुढाको’ भन्ने उखान नेपाली जनजिब्रोमा प्राचीनकालदेखि नै चल्दै आएको छ । उखानमा भने जस्तै पछिल्ला समयमा ज्येष्ठ नागरिकका अनुभव पछिल्ला पुस्ताले आत्मसात् गर्नेक्रम पनि बढ्दै गएको छ भने विगतमा जस्तो ज्येष्ठ नागरिक हेलत्व हुनेक्रम क्रमशः घट्दै गएको छ । 

संविधानमा नै ज्येष्ठ नागरिकका हकहितका विषय उल्लेख गरिनु र उनीहरूको सामाजिक सुरक्षाका विभिन्न विषयमा कानूनतः नै सम्बोधन भएपछि यतिखेर ज्येष्ठ नागरिकले निर्धक्कसँग आफ्ना कुरा घरपरिवार तथा समाजमा राख्ने अवस्था पनि सिर्जना भएको छ । संविधानतः ज्यष्ेठ नागरिकको हकहितका विषयलाई मौलिक हकका रुपमा उल्लेख गर्दै नेपालको संविधानको भाग ३, धारा ४१ मा “ज्येष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक हुनेछ”, भनिएको छ ।
    
संविधानतः नै ज्येष्ठ नागरिकका मौलिक हक सुनिश्चित गरिनाका साथै ज्येष्ठ नागरिक ऐन तथा त्यससँग सम्बन्धित कानून बने पनि कार्यान्वयन पक्ष भने अझै प्रभावकारी बन्न नसकेको गुनासो आउने गरेको राधाकृष्ण वृद्धाश्रम पोखरा–३२ का अध्यक्ष प्रेम लिगलले बताउनुभयो । उहाँका अनुसार सामाजिक सुरक्षाभत्ताअन्तर्गत ज्येष्ठ नागरिकले मासिक रु तीन हजार पाउँदै आएका छन् । पोखरा महानगरपालिकाले यहाँका ज्येष्ठ नागरिकलाई भत्तामा १० प्रतिशत थपेर उपलब्ध गराउँदै आएको छ । ज्येष्ठ नागरिकका लागि चालू आर्थिक वर्षमा रु एक हजार सामाजिक सुरक्षा भत्ता थप भएको उहाँले जानकारी दिनुभयो ।
        
स्वास्थ्य, यातायातलगायत क्षेत्रमा सहुलियत दिन महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले ज्येष्ठ नागरिकलाई परिचयपत्र उपलब्ध गराए पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको अध्यक्ष लिगलले बताउनुभयो । “यातायातका क्षेत्रमा ज्येष्ठ नागरिकलाई सहुलियत दिने विषयको कार्यान्वयनका लागि यातायात व्यवस्था कार्यालयले सम्बन्धित यातायात समितिसँग नै पहल गर्नुपर्ने देखिएको छ”, उहाँले भन्नुभयो । अध्यक्ष लिगलका अनुसार पछिल्लो समयमा संविधानमा नै ज्येष्ठ नागरिकको हकलाई मौलिक हकका रुपमा उल्लेख गरिनाका साथै ज्येष्ठ नागरिक लक्षित कानून बन्दा गाउँ, समाजमा ज्येष्ठ नागरिकप्रतिको सम्मान तथा व्यवहारमा पनि परिवर्तनको आभास पाइएको छ । 
    
नेपालमा २०६३ सालमा ज्येष्ठ नगारिक ऐन आयो, त्यसपछि २०६८ मा नियमावली बनेको थियो । ऐन तथा नियमावली बने पनि स्वास्थ्य, यातायातलगायत क्षेत्रमा पाउने सेवासुविधा अझै पनि प्रभावकारीरुपमा कार्यान्वयनमा नआउनु चुनौती बनेको छ । ऐनको प्रस्तावनामा नै ज्येष्ठ नागरिकको संरक्षण र सामाजिक सुरक्षा गर्ने तथा तिनमा रहेको ज्ञान, सीप, क्षमता र अनुभवको सदुपयोग गरी निजप्रति श्रद्धा, आदर तथा सद्भावको अभिवृद्धि गर्ने सम्बन्धमा तत्काल व्यवस्था गर्न वाञ्छनीय भएकाले ऐन बनाइएको उल्लेख छ । 
    
नेपाल सरकारले ६० वर्ष काटेकालाई ज्येष्ठ नागरिकका रुपमा राखेको र सामाजिक सुरक्षालगायत विषय ७० वर्ष पुगेपछि मात्रै दिने कुरा त्यति व्यावहारिक नदेखिएको समाजकल्याण परिषद् राष्ट्रिय ज्येष्ठ नागरिक कोषका सञ्चालक सदस्य केशवराज लम्सालले बताउनुभयो । राज्यको प्राथमिकतामा परेर नै महामारीका रुपमा फैलिएको कोभिड–१९ विरुद्धको खोप यतिखेर अधिकांशले लगाइसकेका छन् । नेपालमा ७० वर्षभन्दामाथि उमेर समूहका ज्येष्ठ नागरिकको सङ्ख्या २७ लाख रहेको छ । नेपालमा कूल जनसङ्ख्यामध्ये ६० वर्षभन्दामाथिका नागरिक झण्डै १० प्रतिशत रहेको पोखरा वृद्धाश्रमका अध्यक्ष एवं राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष कुसुमकेशव पराजुलीले जानकारी दिनुभयो ।
    
सरकारले ज्येष्ठ नागरिकको उपचारका लागि अस्पतालमा अनिवार्य शय्या उपलब्ध गराउनुपर्ने व्यवस्था गरेको छ । ज्येष्ठ नागरिकका लागि अस्पतालमा शय्याको व्यवस्था गर्ने भनिए पनि अझै प्रभावकारी बन्न सकेको छैन । पोखरा वृद्धाश्रम तथा पोखरा–१७ का सचिव लम्सालले भन्नुभयो, “ज्येष्ठ नागरिक लक्षित कानूनका साथै सामाजिक सुरक्षा भत्तालगायत कारण पनि समाजमा उनीहरूप्रति विगतमा जस्तो हेलत्व व्यवहार भने छैन ।” संविधानतः र कानूनतः व्यवस्था गरिएका हरेक विषयलाई कार्यान्वयनमा ल्याउनका लागि राज्य पक्षका सरोकारवाला सबैका साथ र सहयोग आवश्यक रहेको उहाँले बताउनुभयो । ज्येष्ठ नागरिक लक्षित ऐन तथा कानूनले उनीहरूलाई समाजमा सम्मानपूर्वक बाँच्ने आधार भने तयार गरेको उहाँको भनाइ छ ।