• ८ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 21 2024
  •   Unicode
Logo

निहारिका प्रकरण: आरोपित शिवराज श्रेष्ठ पक्राउ



काठमाडौं । निहारिका राजपुत प्रकरणमा आरोपित शिवराज श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । उपत्यका अपराध महाशाखा र जिल्ला प्रहरी कार्यालय, धनुषाको टोलीले श्रेष्ठलाई पक्राउ गरेको हो ।

निहारिका राजपुतले आफूमाथि बलात्कार भएको र बलात्कारबाट बच्चा जन्मिएको बताउँदै आएकी छन् ।

निहारिकाले शिवराजको डीएनए परीक्षणको माग गर्दै आएकी थिइन् । आरोपी श्रेष्ठले केही दिन अघि एक संञ्चारमाध्याममा आफु निर्दोष रहेको डिएन परिक्षण गर्न तयार रहेको बताएका थिए ।