९ असार २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अगाडि धकेल्दा धकेलिने भए पछाडि फर्काउन खोज्दा फर्किनुपर्ने होः भीम रावल



file photo
अ+ अ-

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले एमालेबाट विभाजित नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई काउन्टर जवाफ दिएका छन् । 

शनिवार भएको एक कार्यक्रममा पार्टी विभाजनमा साथ नदिएका दोस्रो पुस्ताका नेताहरुलाई एमाले छाडेर आए अध्यक्ष बनाउन तयार रहेको नेता नेपालले बताएका थिए । 

सोही कुरामा सुझाव दिँदै नेता रावलले अगाडि धकेल्दा धकेलिने मान्छे पछाडि पनि फर्किनुपर्ने टिप्पणी गरेका हुन् ।

ट्वीटरमा उनले अभिव्यक्ति दिएका छन् , ‘कोही नेता कसैले अगाडि धकेल्दा धकेलिने रहेछन् भने पछाडि फर्काउन खोज्दा पछाडि पनि फर्किनु पर्ने हो । द्वन्द्वको स्थितिमा अलगिने मनस्थिति हुन्छ भने सहमति भइसकेपछि एक भई मेलमिलाप गर्ने कुरा मुख्य हुन्छ भन्ने सत्य बुझ्न धेरै अध्ययनको आवश्यकता हुन्न। जिम्मेवारीबोध महत्वपूर्ण कुरा हो ।’