११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

राष्ट्रपतिद्वारा गुणस्तरीय शिक्षामा जोड

राष्ट्रपतिद्वारा गुणस्तरीय शिक्षामा जोड
अ अ+ अ-

गण्डकी । राष्ट्रपति विद्यादेवी भण्डारीले गुणस्तरीय शिक्षामा जोड दिनुभएको छ । पोखरा महानगरपालिका–१६ बाटुलेचौरस्थित विन्ध्यवासिनी माध्यमिक विद्यालयको हीरकजयन्ती समापन समारोहलाई आज यहाँ सम्बोधन गर्दै उहाँले २१औंँ शताब्दीको आवश्यकता अनुरुप विश्वव्यापी रुपमा प्रतिस्पर्धा गर्ने जनशक्ति तयार गर्नुपर्ने बताउनुभयो ।

राष्ट्रपति भण्डारीले भन्नुभयो, “सीपमूलक, वैज्ञानिक, व्यवहारिक शिक्षा समृद्ध नेपालको आधार शिला हो । मुलुकको सर्वाङ्गीण विकासको आधार शिक्षा भएकोले गुणस्तरीय शिक्षामा नगारिकको समतामूलक एवं न्यायोचित पहुँच स्थापना गर्नुपर्दछ ।”

राष्ट्रको समृद्धि र विकासका लागि आवश्यक स्रोत साधनको परिचालन गर्ने, तिनको व्यवस्थापकीय क्षमताको विकास गर्नुपर्ने आवश्यकता उहाँले औँल्याउनुभयो । गण्डकी प्रदेश अनुपम प्राकृतिक सुन्दरता, जैविक विविधता एवम् उन्नत सांस्कृतिक सम्पदाले भरिपूर्ण रहेको बताउँदै राष्ट्रपति भण्डारीले यस क्षेत्रको प्राकृतिक स्रोत तथा सम्पदामा आधारित उद्यमशीलता प्रवद्र्धनका लागि आवश्यक पर्ने जनशक्ति विकास गर्नेतर्फ हाम्रा शैक्षिक गतिविधि उन्मुख हुनुपर्नेमा जोड दिनुभयो ।

सामुदायिक शिक्षाका क्षेत्रमा राज्यले गरिरहेको लगानी अनुसार प्रतिफल प्राप्त गर्न नसकेका अवस्थामा विन्ध्यवासिनी माध्यमिक विद्यालयले आफूलाई मुलुकभरकै उत्कृष्ट पाँच विद्यालयमा स्थापित गर्न सकेको भन्दै उहाँले खुसी व्यक्त गर्नुभयो । विद्यालयले प्राविधिक शिक्षाको थालनी गरेकोमा पनि उहाँले खुसी व्यक्त गर्नुभयो ।

पूर्खाको त्याग र बलिदानबाट राष्ट्रिय एकता, सार्वभौमसत्ता र राष्ट्रियताको जगेर्ना हुँदै आएको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले हामीले आफ्नो गौरवपूर्ण इतिहासबाट शिक्षा लिँदै मुलुकको विकास र प्रगतिको यात्रालाई बढाउनुपर्ने बताउनुभयो । विद्यालयले प्रदान गर्ने शिक्षाबाट समाज, राष्ट्र र राष्ट्रियताप्रतिको दायित्व बोध हुने उहाँले अपेक्षा व्यक्त गर्नुभयो ।

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नवीनतम प्रविधिको उपयोग गर्दै सक्षम जनशक्ति तयारीमा जोड दिनुपर्ने आवश्यकता औँल्याउनुभयो । मुलुकमा महत्वपूर्ण राजनीतिक परिवर्तन भई तीन तहको सरकार क्रियाशील भइरहेको वर्तमान अवस्थामा शिक्षा क्षेत्रमा पनि समयसापेक्ष परिवर्तन गर्नु जरुरी रहेको उहाँले बताउनुभयो । शिक्षालाई समयसापेक्ष बनाउन नसक्दासम्म हामीले आफ्ना सपना पूरा गर्न नसकिने उहाँको भनाइ छ ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले लामो इतिहास बोकेको विद्यालयले आफूलाई उत्कृष्ट विद्यालयका रुपमा स्थापित गर्न सकेको भन्दै प्रशंसा व्यक्त गर्नुभयो । शिक्षाको विकासका लागि महानगरले मर्यादित शिक्षक र अनुशासित विद्यार्थी कार्यक्रम अघि सारेको बताउँदै उहाँले सामुदायिक विद्यालयको गुणस्तरीयता अभिवृद्धि आफूहरूको प्राथमिकतामा रहेको बताउनुभयो । राष्ट्रपति भण्डारीले प्रविधिको प्रयोगमार्फत हीरक स्तम्भको अनावरण एवं् भवनको उद्घाटन गर्नुभयो । कार्यक्रममा विभिन्न योगदान गर्ने व्यक्तिलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद आचार्य, केन्द्रीय आयोजना कार्यान्वयन इकाई(शिक्षा) का निर्देशक रामशरण सापकोटा, अतिथि सत्कार समितिका संयोजक दानबहादुर बाँनिया लगायतले विद्यालयका विविध अवस्था सम्बन्धमा बोल्नुभएको थियो । कार्यक्रममा विद्यार्थीका तर्फबाट विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।