३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री

कृषि औजार कारखानाको अध्ययन गर्न महाबीर पुनलाई अर्थमन्त्रीको आग्रह

कृषि औजार कारखानाको अध्ययन गर्न महाबीर पुनलाई अर्थमन्त्रीको आग्रह
अ+ अ-

काठमाण्डौ । अर्थमन्त्री जनार्दन शर्मा र राष्ट्रिय आविस्कार केन्दका अध्यक्ष महावीर पुनबीच अर्थमन्त्रालय, सिंहदरबारमा सोमबार भेटवार्ता भएको छ ।
भेटमा अर्थमन्त्री शर्माले कृषि औजार कारखाना संचालनकालागि राष्ट्रिय आविस्कार केन्द्रलाई अध्ययन गर्न आग्रह गर्नुभयो ।

भेटकाक्रममा अर्थमन्त्री शर्माले सरकारले कृषि औजार कारखानालाई संचालन गर्ने निर्णय गरेकाले उक्त कारखानाको हालको अवस्था अध्ययन गरी त्यसलाई संचालन गर्न आवश्यक रहेको बताउनुभयो ।

“कृषि औजार कारखानाको अवस्थाको अध्ययन गरी छिट्टै संचालनमा ल्याउने गर्ने र यसलाई कृषि औजार उत्पादन कारखाना मात्र नभई कृषि औजार आविस्कार केन्द्रको रुपमा पनि विकास गर्ने सरकारको लक्ष रहेको छुु”उहाँले भन्नुभयो ।

केन्द्रका अध्यक्ष महाबीर पुनले कृषि औजार कारखानाले नेपालको कृषि क्षेत्रलाई आवश्यक पर्ने औजार उपकरणहरुको उत्पादन गर्ने, मर्मत सम्भार गर्ने तथा नयाँ औजार उपकरणहरुको आविस्कार गर्ने पनि बताउनुभयो ।

कारखानालाई पुनर्जीवन दिई उक्त स्थानमा कृषि औजार आविस्कार केन्द्र समेत बनाउने अर्थ मन्त्रीको योजना प्रति आफ्नो समर्थन रहेको बताउदै पुनले भन्नु भयो ‘कृषि औजार कारखानाले नेपालका ग्रामीण किसानलाइ आवश्यक पर्ने कृषि औजार निर्माण गर्नुका साथै साना तथा मझौला उद्योगलाइ आवश्यक पर्ने औजारहरु समेत निर्माण गर्न सकिन्छ।’

कृषि औजार कारखानालाई कम्प्युटर प्रविधिबाट समेत संचालन हुने गरि आधुनिकीकरण समेत गर्न सकिने आविस्कार केन्द्रका अध्यक्ष पुनले बताउनु भयो।अर्थमन्त्री शर्माले राष्ट्रिय आविस्कार केन्द्रको अध्ययनको सुझाव अनुसार सरकारले छिट्टै कृषि औजार कारखानालाई पुनर्जीवन दिने बताउनु भयो।

कृषि औजार कारखाना बीरगञ्ज सम्बन्धी संक्षिप्त जानकारी 

कृषि कार्यमा प्रयोग हुने मानव, पशु र यान्त्रीक शक्तिबाट संचालन हुने सस्तो, सरल, तथा सुलभ तरिकाबाट भूगोल सुहाउँदो कृषि यन्त्र र उपकरण उत्पादन गरी आयात प्रतिस्थापन गर्ने तथा कृषि कृषि क्षेत्रमा रोजगारी सृजना गरेर आय आर्जन क्षमता बढाउने उद्धेश्यका साथ नेपाल सरकार र तत्कालिन सोभियत संघको संयुक्त लगानीमा वि.स. २०२१ सालमा कृषि औजार कारखाना बीरगञ्जमा स्थापना भएको थियो ।

कम्पनीमा परिणत भएको कृषिऔजारकारखाना, बीरगञ्जले शुरुका वर्षहरुमा कृषि औजारहरुको प्रर्याप्त उत्पादन गरी आपूर्ति गरेता पनि विविध कारणबाट कृषि औजार उत्पादनमा न्यून हुन गएको थियो ।

हाल देशमा कृषि यन्त्रहरुको माग तथा आपूर्ती समेत बढ्दै गइरहेको अवस्थामा कृषि यन्त्रहरुको आयातलाई कम गर्न तथा नेपालको भूगोल सुहाउँदो कृषि यान्त्रीकरणलाई प्रबर्द्धन गर्न स्वदेशमै कृषि यन्त्रहरुको उत्पादन, विकास र बिस्तारका लागि कृषि औजार कारखानाको पुनर्जीवनको आवश्यकता महशुस भएको छ ।

यस कारखानाको आफ्नै स्वामित्वमा वीरगन्ज उपमहानगरपालिका मजडिहा पिपरा वडा नं ८,९ मा नौ विगाहा जग्गामा कार्यालय भवन, कारखानाभवन, आवास भवन तथा अन्य भवन र मेशिनरीहरु छन् ।

बि॰सं॰ २०४८ सालमा नीजिकरण भएको कृषि औजार कारखानालाई २०५१ फाल्गुणमा नीजिकरण फुकुवा गरि संचालनमा आएकोमा २०५३ आषाढसम्म उद्योगन्यून क्षमतामा संचालनमा रहेको थियो । नीजिकरण भए पश्चात घाटामा सञ्चालन भएको र व्यवस्थापकिय लगायत विविध समस्याहरुका कारण पटक पटक उत्पादन बन्द हुने गरेको यो कारखाना वि।स। २०५९ सालदेखि पूर्ण रुपमा बन्द गरेको देखिन्छ ।