१९ मंसिर २०८२, शुक्रबार
,
Latest
नवनियुक्त सदस्य सचिव मेहताले गरे पदभार ग्रहण अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता जनकपुर–ढल्केबर सडकखण्डका तीन स्थानमा आकासे पुल निर्माण हुँदै मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम पाँच वर्षमा पनि बनेन सिटीहल दिल्लीमा मोदी–पुटिन भेट: रणनीतिक साझेदारीको नयाँ चरण सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै जेनजी आन्दोलनका सहिदः आमाबुबाको बिलौना–मेरो छोरा अब कहिले फर्कन्छ ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

आगामी निर्वाचनमा एमालेले बहुमत ल्याउँछः ईश्वर पोखरेल



अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मंसीर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा आफ्नो पार्टीेले बहुमत ल्याउने दावी गर्नु भएको छ ।

स्थानीय तह निर्वाचनमा सर्वाधिक जनताको लोकप्रिय मत पाएकाले एमालेले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा बहुमत ल्याउने वरिष्ठ उपाध्यक्ष पोखरेलको तर्क थियो । पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियूले सोमबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले उम्मेदवार तय गर्दा व्यवस्थापकीय कमजोरी भएका कारण स्थानीय तह निर्वाचनमा आफ्नो पार्टी पहिलो शक्ति बन्न नसकेको उल्लेख गर्दै अव हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा आफ्नो पार्टीले त्यस्तो गल्ती नगर्ने प्रतिवद्धता समेत व्यक्त गर्नु भयो । जित्ने र टिक्नेहरुलाई मात्रै पार्टीले सो निर्वाचनमा उम्मेदवार बनाउने वरिष्ठ उपाध्यक्ष पोखरेलले बताउनु भयो ।

उहाँले भन्नु भयो, ‘आउने निर्वाचनमा नेकपा (एमाले)ले बहुमतका साथ प्रतिनिधिसभामा पनि आफ्नो प्रतिनिधित्व गर्छ । म यो तपाईहरुलाई बताउनु चाहन्छु । अव तपाईहरुको मनमा प्रश्न उठन सक्छ–हिजो स्थानीय तह निर्वाचनमा त भएन नि ? । स्थानीय तह निर्वाचनमा हामीले जनताको सर्वाधिक लोकप्रिय मत प्राप्त ग¥यौं । यो हाम्रो दावी मात्रै होइन, निर्वाचन आयोगको बुलेटिनमा उल्लेख गरिएको कुरा हो ।

स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिने सन्दर्भमा व्यवस्थापकीय कमजोरी भएकाले हामीले सोचेजस्तो परिणाम ल्याउन नसकेको हो । अव हामी आउने चुनावमा समयमै उम्मेदवारी दिन्छौं । जित्नेलाई उठाउँछौं, टिक्नेलाई उठाउँछौं । भदौं अन्तिमसम्म हामी चुनावको उम्मेदवारको टुंगो लगाउँछौं । अव बस्ने स्थायी समिति, पोलिटव्यूरो र केन्द्रिय कमिटी बैठकले त्यसका लागि आवश्यक मापदण्ड तय गर्नेछ ।’

वरिष्ठ उपाध्यक्ष पोखरेलले भदौंको अन्तिमसम्ममा आफ्नो पार्टीले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको उम्मेदवार समेत तय गरिसक्ने बताउनु भयो । त्यसका लागि मापदण्ड तय गर्न स्थायी समिति, पोलिटव्यूरो र केन्द्रिय कमिटीको बैठक भदौं दोस्रो हप्ताका लागि तय गरिएको उहाँको भनाई थियो । त्यस अवसरमा वरिष्ठ उपाध्यक्ष पोखरेलले सत्तारुढ गठबन्धनमा आवद्ध कुनै पनि दलहरुसँग निर्वाचनमा मोर्चाबन्दी हुने सम्भावना नरहेको पटकपटक दोहो¥याउनु भयो ।