२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

बञ्चरेडाँडामा प्रहरी परिचालन



अ+ अ-

काठमाडौँ । काठमाडौँ उपत्यकाबाट फोहोर बोकेको गाडीलाई अवरोध भएपछि बञ्चरेडाँडा ल्यान्डफिल साइटमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

विभिन्न राजनीतिक दलका प्रतिनिधिसहित स्थानीयवासीको समूहले फोहोर बोकेर बञ्चरेडाँडामा सोमबार बिहानैदेखि अवरोध गरेपछि प्रहरीलाई परिचालन गरिएको हो । अवरोध हटाउन २५० प्रहरी परिचालन गरिएको बताइएको छ ।

बञ्चरेडाँडामा फोहोर फाल्न नदिने घोषणा गर्दै आइतबार नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) को धादिङको धुनीबेँसी नगरपालिका समितिले संयुक्त विज्ञप्ति जारी गरेका थिए । राजनीतिक दलहरुको अवरोधकै कारण सोमबार बिहान काठमाडौँबाट गएका कुनै पनि गाडीले बञ्चरेडाँडा ल्यान्डफिल साइटमा फोहोर विसर्जन गर्न पाएका छैनन ।