२७ मंसिर २०८२, शनिबार
,
Latest
विघटित प्रतिनिधिसभाको पुन:स्थापना, संवैधानिक सरकार गठन र त्यसपछि ताजा जनादेश एनपिएल उपाधि भिडन्त: सुदूरपश्चिमविरुद्ध कप्तान पौडेलको ह्याट्रिक एमालेलाई देव गुरुङको प्रश्तावः देश संकटमुक्त गराउन मिलेर अघि बढौं एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित एनपिएल उपाधि भिडन्त: पावरप्लेमा सुदूरपश्चिमले तीन विकेट गुमायो जेन—जी आन्दोलनले मुलुकलाई गम्भीर समस्यामा धकेल्योः पूर्णबहादुर खड्का युवापुस्तालाई राज्यको मूल प्रवाहमा जोड्नुपर्ने नेपाल–चीन कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सवः छोङछिङ महानगरमा विविध सांस्कृतिक कार्यक्रम म ढुक्कले भन्न सक्छु–एमाले अजम्बरी छ: ओली एमालेसँग बहुमत ल्याउने ल्याकत छ, चुनावबाट भाग्दैनः ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्वाचन सुरक्षा रणनीति र चुनौतिबारे छलफल, ‘केन्द्रीय कमाण्ड पोष्ट’ बनाउने निर्णय



अ+ अ-

काठमाडौँ । केन्द्रीय सुरक्षा समितिको बैठकले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डेको संयोजकत्वमा छ सदस्यीय ‘केन्द्रीय कमाण्ड पोष्ट’ बनाउने निर्णय गरेको छ ।

गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा आज गृह मन्त्रालयमा बसेको समिति बैठकले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आवश्यक सुरक्षा रणनीति र आइपर्नसक्ने चुनौतिबारे छलफल गरेपछि केन्द्रीय कमाण्ड पोष्ट बनाउने निर्णय गरिएको हो । सिंहदरवारस्थित गृह मन्त्रालयमा भएको समिति बैठकमा निर्वाचन व्यवस्थापन, तयारी, निर्वाचन सुरक्षा योजना र सुरक्षा जनशक्ति परिचालनका विषयमा छलफल भएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिनुभयो ।

उक्त बैठकले गृह मन्त्रालयका सुरक्षा तथा समन्वय महाशाखा प्रमुख फणिन्द्रमणि पोखरेलको संयोजकत्वमा ‘केन्द्रीय संयुक्त निर्वाचन सेल’ बनाउने पनि निर्णय गरेको छ ।सहसचिव पोखरेलकै संयोजकत्वमा ‘गृह मन्त्रालय, निर्वाचन सेल’ बनाउने निर्णय गरिएको बैठकमा निर्वाचन सम्पन्न गर्न आइपर्न सक्ने चुनौति र त्यसलाई सम्बोधन गरी समाधान गर्ने उपायका विषयमा विस्तृत रुपमा छलफल भएको थियो । बैठकले प्रत्येक प्रदेशका लागि सम्पर्क तथा समन्वयका लागि गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा रहने गरी ‘प्रदेश समन्वय तथा सम्पर्क सेल बनाउने भएको छ ।

प्रदेशस्तरमा कमाण्ड पोष्ट र प्रदेश निर्वाचन सेल तथा जिल्लास्तरमा जिल्ला कमाण्ड पोष्ट र जिल्ला निर्वाचन सेल बनाउने पनि निर्णय भएको गृह मन्त्रालयले जनाएको छ । बैठकले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र जिल्ला कार्यालयमा आवश्यकताअनुसार सांगठनिक निर्वाचन सेल बनाउन सक्ने सुझाव दिएको छ ।

बैठकमा गृहसचिव पाण्डे, रक्षासचिव किरणराज शर्मा, नेपाली सेनाका रथी बालकृष्ण कार्की, नेपाल प्रहरीका महानिरीक्षक धीरजप्रताप सिंह, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख यदुलाल खरेललगायत सहभागी हुनुहुन्थ्यो ।