२९ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपति भण्डारी पोखरा जाँदै



अ+ अ-

काठमाडौँ । मंगलबार हुने विभिन्न कार्यक्रममा सहभागी हुन राष्ट्रपति विद्यादेवी भण्डारी आज पोखरा जाँदै हुनुहुन्छ । पोखरामा पुग्नेवित्तिकै उहाँ पोखरा ग्राण्डमा लन्चका लागि पुग्नुहुने र आज ग्राण्डमै बस्ने कार्यक्रम छ ।

राष्ट्रपति भण्डारीले भोलि मंगलबार विन्ध्यवासिनी मन्दिरको दर्शन गरेर विन्ध्यवासिनी माविको हीरक जयन्तीमा सहभागी हुने बताइएको छ ।

मंगलबार दिउँसो नै उहाँ गुरुङहरुको विशेष चाड ट्योँटको अवसरमा आयोजित कार्यक्रममा सरिक हुने र मंगलबार नै अपराह्न काठमाडौँ फर्किने कार्यक्रम रहेको छ ।