२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाख्रालाई ठक्कर दिएपछि सिसडोलबासीले रोके फोहोर बोकेको ट्रक



फाईल फोटो
अ+ अ-

काठमाडौँ । बाख्रालाई ठक्कर दिएपछि सिसडोलबासीले फोहोर बोकेको ट्रकलाई रोकेका छन् ।

काठमाडौँ महानगरपालिकाको फोहोर बोकेको गाडीले बञ्चरेडाँडा जानेक्रममा बाख्रालाई ठक्कर दिएपछि स्थानीयबासिन्दले अवरोध सिर्जना गरेका हुन् ।

फोहोर बोकेका गाडीको ठक्करबाट ककनी गाउँपालिकाको कागती गाउँमा बाख्रा मरेपछि फोहोरको गाडी रोकेका हुन् । स्थानीयबासीहरुले बाख्राको क्षतिपूर्ति माग गरेका छन् ।

उपत्यकाको फोहोर शनिबारबाट उठ्न थालेको थियो । स्थानीयको आन्दोलनपछि आजबाट फेरि फोहोर संकलन अनिश्चितकालका लागि रोकिएको छ ।