११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

नयाँ तलबमान र ग्रेड लागू गर्ने मन्त्रिपरिषदको निर्णय, यस्ता छन् अन्य निर्णयहरु (भिडियो)

नयाँ तलबमान र ग्रेड लागू गर्ने मन्त्रिपरिषदको निर्णय, यस्ता छन् अन्य निर्णयहरु (भिडियो)
file
अ अ+ अ-

काठमाडौँ । सरकारले विश्व बैंकबाट हरित, उत्पादनशील र समावेशी विकासका लागि लागि प्राप्त हुने १ सय मिलियन अमेरिकी डलर (करिव १२ अर्ब ७० करोड रुपैयाँ) बराबरको सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।

साउन २६ गते बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो । आईतवार मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले कर्मचारीहरुको नयाँ तलवमान र ग्रेड स्वीकृत गर्ने निर्णय गरेको पनि बताउनु भयो । प्रवक्ता कार्कीकाअनुसार सरकारले साउन १ गतेदेखि लागू हुने गरी आर्थिक वर्ष २०७९/०८० को नयाँ तलवमान र ग्रेड सरकारले स्वीकृत गरेको हो ।

उहाँले जापान सरकारबाट पूर्वी तराईको सिंचाई प्रणाली पुनःस्थापना आयोजनाका लागि प्राप्त हुने जापानी ऐन २२ सय ५६ मिलियन करिव २ अर्ब १३ करोड ६४ लाख अनुदान सहायता पनि सरकारले स्वीकार गरेको बताउनु भयो । प्रवक्ता कार्कीले मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०७८/०७९ का लागि मन्त्रालय अन्तर्गत विभिन्न आयोजनाहरुका लागि राजपत्रांकित श्रेणीका पदहरुको अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय पनि गरेको बताउनु भयो । त्यस्तै,आगामी भदौ ७ देखि ९ गतेसम्म मा संयुक्त राष्ट्र संघको आयोजनामा थाइल्याण्डको राजधानी बैंकंकमा हुने दक्षिण एक्सेन्ज एण्ड प्रिपेरिङ स्मुथ ट्रान्जिसन स्टाटेजी कार्यक्रममा सहभागीका लागि राष्ट्रिय योजना आयोगका सचिवलाई स्वीकृत दिने भएको छ ।

प्रवक्ता कार्कीले आर्थिक वर्ष २०७८/०७९ का लागि उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालय अन्तर्गत राजपत्रांकित श्रेणीका ५१ वटा पदहरुको अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको बताउनु भयो । त्यस्तै, कानून तथा संसदीय मामिला मन्त्रालय अन्तर्गत राजपत्रांकित श्रेणीका ५८ वटा पदहरुको स्थायी दरबन्दी र कृषि तथा पशु विकास मन्त्रालय अन्तर्गत राजपत्रांकित श्रेणीका २० वटा पदहरुको अस्थायी दरबन्दी स्वीकृत गर्ने भएको छ । प्रवक्ता कार्कीले सरकारले सशस्त्र प्रहरी सेवा आयोगको सदस्य तोक्ने निर्णय गरेको पनि बताउनु भयो । उहाँले अनुसार विदशी नागरिक नासिम नाइनको नागरिकता खारेज गर्ने निर्णय गरेको बताउनु भयो ।

प्रवक्ता कार्कीले सप्तकोशी नदीमा आएको बाढीबाट बढी क्षती भएका भौगोलिक क्षेत्रलाई विपत शंकटग्रस्त क्षेत्र घोषणा गर्ने सरकारले निर्णय गरेको बताउनु भयो । उहाँले पर्वत जिल्ला कुश्मा नगरपालिका ५ स्थित १३ रोपनी १५ आना जग्गा मध्ये जिल्ला समन्वय समिति पर्वतले भोगचलान गरेको ६ रोपनी ६ आना दुई पैसा एक दाम रोपनी जग्गा मध्ये दुई रोपनी ८ आना ३ पैसा ३ दाम रोपनी जग्गा कुश्मा नगरपालिकाको प्रशासनियक भवन निर्माणको लागि उपयोग गर्न स्वीकृत दिने निर्णय गरेको बताउनु भयो ।

सरकारले आर्थिक वर्ष २०७८/०७९ का लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत राजपत्रांकित श्रेणीका ३५५ वटा पदहरुको अस्थायी दरबन्दी स्वीकृत गर्ने भएको छ । त्यस्तै, आर्थिक वर्ष २०७८/०७९ का लागि युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत राजपत्रांकित श्रेणीका १५ वटा पदहरुको अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको प्रवक्ता कार्कीले जानकारी दिनुभयो । उहाँले राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन पहिलो निर्देशिका,२०७९ स्वीकृत गर्ने सरकारले निर्णय गरेको बताउनु भयो । सरकारले भारतीय सेनाका स्थल सेना अध्यक्षलाई नेपाल भ्रमणको औपचारिक निमन्त्रणा पठाउने निर्णय गरेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘ आगामी भदौ सात देखि ७ देखि ९ मा संयुक्त राष्ट्र संघको आयोजनामा थाइल्याण्डको राजधानी बैंर्ककमा हुने दक्षिण एक्सेन्ज एण्ड प्रिपेरिङ स्मुथ ट्रान्जिसन स्टाटेजी कार्यक्रममा सहभागीका लागि राष्ट्रिय योजना आयोगका सचिवलाई स्वीकृत दिने ।

विश्व बैंकबाट हरित उत्पादनशिल र समावेशी विकासका लागि प्राप्त हुने अमेरिकी डलर १ सय मिलियन करिव १२ अर्ब ७० करो सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने ।

जापान सरकारबाट पूर्वी तराईको सिंचाई प्रणाली पुनःस्थापना आयोजनाका लागि प्राप्त हुने जापानी ऐन २२ सय ५६ मिलियन करिब २ अर्ब १३ करोड ६४ लाख अनुदान सहायता सरकारले स्वीकार गने ।

सबै तहका निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल स्वास्थ्य सेवा, संसद सेवा, सामुदायिक विद्यालयमा कार्यरत शिक्षकका लागि २०७९ साउन १ गतेदेखि लागू हुने गरी नयाँ तलवमान एवम ग्रेड स्वीकृत गर्ने ।

आर्थिक वर्ष २०७८/०७९ का लागि उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालय अन्तर्गत विभिन्न आयोजनाहरुका लागि राजपत्रांकित श्रेणीका ५१ वटा पदहरुको अस्थायी दरबन्दी स्वीकृत गर्ने ।

आर्थिक वर्ष २०७८/०७९का लागि कानून तथा संसदीय मामिला मन्त्रालय अन्तर्गत राजपत्रांकित श्रेणीका ५८ वटा पदहरुको स्थायी दरबन्दी स्वीकृत गर्ने

आर्थिक वर्ष २०७८/७९ का लागि कृषि तथा पशु विकास मन्त्रालय अन्तर्गत राजपत्रांकित श्रेणीका २० वटा पदहरुको अस्थायी दरबन्दी स्वीकृत गर्ने ।

सशस्त्र प्रहरी सेवा आयोगको सदस्य तोक्ने ।

नसिम नाइनको प्रमाणपत्र नम्बर १५,०१,७१,०५४७० मिति २०७१/८/७ मा जारी भएको वंशजको नागरिकता रद गरी निजलाई नेपाली नागरिकबाट हटाउने

सप्तकोशी नदीमा आएको बाढीबाट बढी क्षती भएका भौगोलिक क्षेत्रलाई विपत शंकटग्रस्त क्षेत्र घोषणा गर्ने ।

पर्वत जिल्ला कुश्मा नगरपालिका ५ स्थित १३ रोपनी १५ आना जग्गा मध्ये जिल्ला समन्वय समिति पर्वतले भोगचलान गरेको ६ रोपनी ६ आना दुई पैसा एक दाम रोपनी जग्गा मध्ये दुई रोपनी ८ आना ३ पैसा ३ दाम रोपनी जग्गा कुश्मा नगरपालिकाको प्रशासनियक भवन निर्माणको लागि उपयोग गर्न स्वीकृत दिने ।

आर्थिक वर्ष २०७८/०७९ का लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत राजपत्रांकित श्रेणीका ३५५ वटा पदहरुको अस्थायी दरबन्दी स्वीकृत गर्ने ।

आर्थिक वर्ष २०७८/०७९ का लागि युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत राजपत्रांकित श्रेणीका १५ वटा पदहरुको अस्थायी दरबन्दी स्वीकृत गर्ने ।

राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन पहिलो निर्देशिका,२०७९ स्वीकृत गर्ने । भारतीय सेनाका स्थल सेना अध्यक्षलाई नेपाल भ्रमणको औपचारिक निमन्त्रणा पठाउने ।

युएस डिपार्टमेण्ट इन्जिरको आयोजनामा आगामी २०२२ नोबेम्बर १४ देखि १८ सम्म अमेरिकामा हुने फण्डामेन्टल कार्यक्रममा नेपालको तर्फबाट शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिवलाई भाग लिन स्वीकृत दिने ।

रोमनियाको बोखारेष्टमा आएटुयुको आयोजनामा असोज १० देखि २८ गतेसम्म सञ्चालन हुने अन्तर्राष्ट्रिय दूरसञ्चार संघको कार्यक्रममा सहभागि हुन सञ्चार तथा सूचना प्रविधिमन्त्रीलाई स्वीकृत दिने ।

आर्थिक वर्ष आर्थिक वर्ष २०७८/०७९ का लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गत राजपत्रांकित श्रेणीका २३ वटा पदहरुको अस्थायी दरबन्दी स्वीकृत गर्ने ।

नेपाल स्वास्थ्य सेवा नियमावली,२०५५को अनुसूची ३ को हेरफेर गर्ने र राजपत्रमा सूचना प्रकाश गर्ने ।’

आर्थिक वर्ष आर्थिक वर्ष २०७८/७९ का लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गत राजपत्रांकित श्रेणीका २३ वटा पदहरुको अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय सरकारले गरेको छ । त्यस्तै,नेपाल स्वास्थ्य सेवा नियमावली, २०५५को अनुसूची ३ को हेरफेर गर्ने र राजपत्रमा सूचना प्रकाशन गर्ने भएको छ ।