५ पुष २०८२, शनिबार
,
Latest
मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल महाधिवेशनमा स्वच्छ प्रतिष्पर्धा गर्ने वातावरण भएनः योगेश भट्टराई एमालेको पनि भित्री तयारी निर्वाचनतिरै छः प्रचण्ड देशको प्रधानमन्त्री भई गोरुजस्तो जोतिएर देशको सेवा गर्न मन छः नेत्रविक्रम चन्द खुला मञ्च खुला गरियोस्ः संयोजक दाहाल सबै कम्युनिष्ट पार्टीलाई एकै ठाउँमा केन्द्रित गर्ने संकल्प लिएका छौँः प्रचण्ड नेपाली कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्ः माधव नेपाल नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा–फोटोफिचर महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान परिवर्तन चाहने शक्तिहरू एकैठाउँमा ल्याउन परे सभापति पद त्याग्न तयार छुः रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

अदालतको आदेश अवज्ञा गर्दै कर्णालीका पर्यटन मन्त्री शाहीको शपथ



अ+ अ-

काठमाडौँ । उच्च अदालत सुर्खेतको निर्देशनात्मक आदेशको बेवास्ता गर्दै कर्णाली प्रदेशका नवनियुक्त मन्त्री वीरबहादुर शाहीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । प्रदेश प्रमुख तिलक परियारले आइतबार नवनियुक्त मन्त्री शाहीलाई पद तथा गोपनीयताको शपथ खुवाउनुभएको हो ।

नेकपा (माओवादी केन्द्र) का प्रदेशसभा सदस्य शाहीलाई यही साउन २६ गते मुख्यमन्त्री जीवनबहादुर शाहीले प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा नियुक्त गर्नुभएको थियो । मन्त्रिपरिषद् समावेशी नभएको भन्दै उच्च अदालत सुर्खेतले निर्देशनात्मक आदेश दिएपछि यसअघि तय भएको उनको शपथ कार्यक्रम रोकिएको थियो । तर प्रदेश प्रमुखको कार्यालयले उच्च अदालत सुर्खेतको निर्देशनात्मक आदेशको बेवास्ता गर्दै मन्त्री शाहीलाई शपथ खुवाएको छ ।

उच्च अदालतले मन्त्रिपरिषद् पुनर्गठन गर्दा समावेशी सिद्धान्तलाई ध्यान पुर्याउन उच्च अदालतले निर्देशनात्मक आदेश दिएको थियो । वीर बहादुर शाहीलाई मन्त्री नियुक्त गर्दा महिलाको प्रतिनिधित्व नभएको गुनासो आएको थियो । उनको नियुक्तिले महिलाको प्रतिनिधित्व नभएको भन्दै प्रदेशसभा सदस्य र अधिकारकर्मीहरुले समेत आपत्ति जनाएका थिए । यसअघि उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रहेका गैरसांसद कार्चेन लामाको छ महिने कार्यकाल सकिएपछि डोल्पाबाट निर्वाचित प्रदेशसभा सदस्य शाहीलाई मन्त्री बनाइएको हो ।