११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

वर्तमान सरकारको कुनै औचित्य नभएको सांसद सुवालको टिप्पणी

वर्तमान सरकारको कुनै औचित्य नभएको सांसद सुवालको टिप्पणी
अ अ+ अ-

काठमाडौँ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले वर्तमान सरकारको कुनै औचित्य नभएको टिप्पणी गर्नु भएको छ ।

खराव ठेकेदार, मिटरव्याजीदेखि त्राहिमाम हुने, खराव उद्योगी, व्यापारी, मिसावट गर्ने कालाबजारी, तस्करदेखि डराएकाले सरकारको औचित्य नभएको उहाँको भनाई थियो । आईतबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद सुवालले काठमाडौंका धेरैवटा सडक निर्माणको काम अलपत्र पारेर बसेको निर्माण कम्पनी शैलुङ कन्सट्रक्सनलाई अभिलम्ब आफूले जिम्मा लिएको ठेक्काको काम पूरा गराउन पनि सरकारसँग माग गर्नु भयो । मिटरव्याजीले डेढ लाख ऋणको ८० लाख ब्याज असुलेको भएपनि वर्तमान सरकारले उनीहरुमाथि कारबाहीको कुनै पनि ठोस कदम चाल्न नसेकेकोमा उहाँले आक्रोश समेत व्यक्त गर्नु भयो ।

सांसद सुवालले सरकारमा गईसकेका राजनीतिक दलहरुको सरकारले काठमाडौं उपत्यकामा देखिएको फोहोरमैला, धुवाधुलो र प्रदुषणको समस्या समाधान गर्न नसक्ने दावी समेत गर्नु भयो । उहाँले भन्नु भयो, ‘काठमाडौंमा देखिएको धुवा, धुलो, जाम र फोहोरको समस्या कुनै पनि प्रधानमन्त्रीेले समाधान गर्न सक्नु भएन । यो समस्याको समाधान सरकारमा गएका राजनीतिक पार्टीहरुबाट कहिल्यै हुनेछैन । यो जनताको अभिमत हो । काठमाडौंलाई नै नेपाल ठान्नेहरुबाट देशको विकास हुन सक्दैन । स्वीजरल्याण्डमा प्रदेशलाई क्यान्टोन भनिन्छ । त्यहाँ अध्ययन, उपचार, रोजगारीका लागि एक क्वान्टोनबाट अर्को क्यान्टोनमा गएपछि अन्तत आफ्नै क्यान्टोनमा फर्कनु पर्ने र विकास गर्ने व्यवस्था छ । यस्तो व्यवस्था संसारको धेरै देशमा छ । नेपालमा यस्तो छैन । त्यसकारण नेपालमा पनि यो व्यवस्था गर्न जरुरी छ । सरकारको यसतर्फ म ध्यानाकर्षण गराउन चाहन्छु । काठमाडौं उपत्यकाका सडक निर्माणको धेरै वटा ठेक्का ओगटेर अलपत्र पार्ने निर्माण व्यवसाय शैलुङ कन्ट्रक्सन भएको र यसको अध्यक्ष शारदाप्रसाद अधिकारीको घरमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल बस्नु भएको समाचार आजको कान्तिपुर दैनिकमा पनि प्रकाशित छ । शैलुङ कन्स्ट्रक्सनले नै ठेक्का पाएको भक्तपुर–नगरकोट सडकको काम २०७१ जेठ २२ बाट सूरु भएको हो । २०७३ असार ३ गते भित्र सकिनुपर्ने थियो । यो सडक अभिलम्ब निर्माण गर्न नेपाल मजदुर किसान पार्टी, भक्तपुरले तेलकोटदेखि खरिपाटीसम्म प्रर्दशनसहित माग गरेको पनि ५ वर्ष भयो । तर सरकारहरुले ७ पटक म्याद थपे । अहिले ७९ प्रतिशत मात्र काम भएको समाचार पनि कान्तिपुरमा छापिएको छ । नगरकोट र दुवाकोटको सडक लगायत अभिलम्ब पूरा गर्नुपर्ने सडकहरु निर्माण गराउन म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु । सरकार खराव ठेकेदारदेखि डराउने, मिटरव्याजीदेखि त्राहिमाम हुने, खराव उद्योगी, व्यापारी, मिसावट गर्ने कालाबजारी, तस्करदेखि डराउने यस्तो सरकारको औचित्य नभएको जनताको गुनासो व्यापक छ । मिटरव्याजीले डेढ लाख ऋणको ८० लाख ब्याज असुलेको, धनि भनाउँदाहरुले गरिवमाथि गरेको अत्याचार हो यो । सरकार नालायक भएपछि अत्याचार बढेको हो । ३२ वर्षयता बहुदलवादी दावी गरेकाहरुकै सरकारमा मिटरव्याजी साहुहरुको राज चलेकोमा जनताको ठूलो विरोध छ । नेपालका बैंकहरुले ४० खर्व कर्जा प्रवाह गरेकोमा १ सय परिवारको कब्जामा ३० खर्व रुपैयाँ रहेको र त्यसमध्ये केही वर्तमान संसदमा सदस्यहरु समेत त्यसरी कर्जा कब्जा गर्नेमा रहेको समाचार पनि छ । यो ऋण प्रवाहको छानवीन हुन जरुरी छ । शासक दलका नेता र प्रधानमन्त्रीलाई त्यसरी कर्जा लिएका सांसदहरु कुनकुन हुन ? यहाँ बोल्न दिन जरुरी छ । ’

सांसद सुवालले सांसदहरुले नै कर्जा प्रवाहमा हालीमुहाली गरेको देखिएको आरोप लगाउँदै सो सम्बन्धमा तत्काल छानवीन गर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराउनु भयो ।