२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
हुम्लामा आगलागीबाट तीनतले घर नष्ट स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने लागुऔषधसहित ३१ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘ओलीले पठाएको नागरिकता अध्यादेश तत्कालै प्रमाणीकरण गर्ने राष्ट्रपतिबाट संसदले पास गरेको विधेयकमा किन ढिलाइ?’



अ+ अ-

काठमाडौं । जनता समाजवादी पार्टीकी सांसद लीलादेवी सिटौला (गौतम)ले राष्ट्रपति विद्यादेवी भण्डारीबाट नागरिकता विधेयक सम्बन्धि कार्यमा भइरहेको ढिलाइप्रति प्रश्न उठाएकी छन् ।

प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले राष्ट्रपतिबाट भइरहेको ढिलाइ द्वैध चरित्र भएको भन्दै प्रश्न उठाएकी हुन् ।

सांसद लीलादेवी सिटौलाले भनिन्, ‘नागरिकता विधेयक दुईतिहाइको सरकारका बेला २२ महिना समितिमा छलफल भयो । तर, संसदमा आएन । जब प्रधानमन्त्रीको कुर्सी हल्लियो तब केपी शर्मा ओलीले अध्यादेशको रुपमा ल्याउनुभयो । राष्ट्रपतिले तत्कालै प्रमाणीकरण गर्नु भो । आज त्यही सरकारले अध्यादेशमा ल्याएको विधेयक संसदबाट पारित गरेर लैजाँदा राष्ट्रपतिले किन ढिलाइ गर्नुभयो। राष्ट्रपतिको भूमिका के हो ? राष्ट्रपति राष्ट्रको हुन्छ कि व्यक्ति र पार्टीको ?,’ । धेरै नागरिक नागरिकताविहीन रहेको पनि सिटौलाले बताइन् । उनले भनिन्, ‘तीनवर्षसम्म दुईतिहाइ सरकार के हेरेर बसेको ? किन त्यतिबेला ध्यानाकर्षण हुनसकेन ?’

पूर्वप्रधानमन्त्री ओलीको भूमिका पनि द्वैध चरित्रको रहेको सिटौलाको टिप्पणी छ । ‘हिजो एमसीसी पास गर्नुपर्छ भनेर पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बोलेको भिडियो यत्रतत्र छन्’, उनले भनिन्, ‘तर विडम्बना ती नै दलका नेता र सांसद आज एमसीसीमा हाम्रो संलग्नता थिएन भनेर चुनावी भाषण गरिरहेका छन् । यो के दुर्भाग्य हो नेपालीको, कति भ्रम छर्ने हो, कति झूट बोल्ने ?’