२१ आश्विन २०८१, सोमबार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आज चार करोड ७९ लाख सहयोग प्राप्त सुक्खा पहिरोले जयपृथ्वी राजमार्ग अवरूद्ध मेलम्चीको पानी भोलिदेखि नै काठमाडौंमा पथान्तरण गर्ने सहमति विपद्का कारण चाडपर्वको रौनकले छोएन गाउँघरलाई प्रेस काउन्सिलद्वारा ४३ युट्युब च्यानललाई कारवाही गर्न पत्राचार निम्न वर्गका जनताले पनि जलविद्युतमा १० प्रतिशत शेयर लगानी गर्ने वातावरण बनाउँछौंः मन्त्री खड्का नेपाल एयरलाइन्सले काठमाडौँ–भैरहवा उद्धार उडान गर्ने झगडापछि एक युवकको मृत्यु राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता: रोजगारी र सुशासनमा दलहरू मिलेर काम गर्न राष्ट्रपतिको सुझाव बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या दुई सय ४६
तपाईं के खोज्दै हुनुहुन्छ ?

ककनीबाट संकलित नमूना पानी र दिशामा हैजाका जीवाणु देखिएन



अ+ अ-

काठमाडौँ । ककनी गाउँपालिका वडा १ बाट संकलन गरिएको पानी र दिशाको नमूनामा हैजाका जीवाणु नभेटिएको रिपोर्ट आएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले भदौ १३ गते दिएको रिपार्टमा यस्तो देखिएको हो । 

भदौ ६ गते यस वडामा ७० बर्षिया एक वृद्धाको मृत्यु भएको थियो । यो मृत्यु हैजाका कारण भएको र हैजा फोहोरबाट आएको जनाउँदै स्थानीयले भदौ १० गतेबाट ल्याण्डफिल साइटमा फोहोर लैजान अवरोध गर्दै आएका छन् । वडाध्यक्ष चन्द्रबहादुर बलामीले स्थानीय मागलाई पुष्टि गर्दै भन्नुभयो, ‘मृतकका परिवारले क्षतिपूर्ति पाउनु पर्ने माग हो ।’

वडामा हैजाको कुरा चलेपछि त्यस क्षेत्रबाट भदौ १० गते ५ जना व्यक्तिको दिशा र ४ परिवारले पिउने पानीको नमूना संकलन गरेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको थियो । यसरी संकलन गरिएको दिशाको नमूनामा ३, २७, ३८ र ५८ बर्षिया ४ जना महिला र ६९ बर्षिय १ पुरुषको थियो । 

भदौ १३ गते प्राप्त भएको रिपोर्टअनुसार पानी र दिशा दुवै नमूनामा हैजा (कोलेरा) नेगेटिभ देखिएको ल्याण्डफिल साइटका इञ्चार्ज इञ्जिनियर सरकारदीप श्रेष्ठले जानकारी दिनुभयो ।