९ असार २०८३, मंगलवार
,
Latest
झापाको गौरीगञ्जमा चट्याङ लागेर एक जनाको मृत्यु पोखरा बसपार्कका व्यापारिक संरचना हटाइयो, सुकुमवासी बस्ती अझै बाँकी गाजामा इजरायली हवाई आक्रमणः स्वास्थ्यकर्मी र विद्यार्थीको मृत्यु हर्मुज जलडमरूमध्य खुला भएको र इरानले आणविक निरीक्षकहरूलाई अनुमति दिएको अमेरिकी उपराष्ट्रपति भेन्सको जानकारी फिलिपिन्सको एक विद्यालयमा गोली चल्दा तीन जनाको मृत्यु, पाँच घाइते कंगोमा इबोला संक्रमितको संख्या एक हजार नाघ्यो भारतको उत्तर प्रदेशमा आगलागी, विद्यार्थीसहित १४ जनाको मृत्यु जुम्लामा खानेपानी र सिँचाइका ९४ योजना कार्यान्वयनमा नवलपुरमा २२ हजार ३२१ आर्थिक प्रतिष्ठान गणना मौवाफाँट–दग्नाम सडक स्तरोन्नति
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोनाभाइरस उत्पत्तिबारेको छानविनमा नेपालले निष्पक्ष अडान लिएको भन्दै चीनले दियो धन्यवाद



अ+ अ-

काठमाडौं । कोरोनाभाइरस उत्पत्तिको विषयमा नेपालले निष्पक्ष अडान लिएर आफूलाई सहयोग गरेको भन्दै चीनले नेपालको प्रशंसा गरेको छ ।

काठमाडौंस्थित चिनियाँ दूतावासले सोमबार विज्ञप्ति जारी गर्दै नेपालको सहयोगका लागि धन्यवाद ज्ञापन गरेको हो ।

भाइरस उत्पत्तिलाई राजनीतिकरण नगर्न आग्रह गर्दै नेपालसहितका ८० मुलुकले विश्व स्वास्थ्य संगठनका निर्देशकलाई कूटनीतिक नोट लेखेर नेपालले सहयोग गरेको चीनले जनाएको छ । 

महामारीविरुद्ध चीनले नेपाललाई आफ्नो सहयोग निरन्तर रहने उल्लेख गर्दै आफ्नो क्षमताले भ्याएसम्म चीनले थप खोप सहयोग प्रदान गर्ने पनि प्रतिवद्धता जनाएको छ । 

कोरोना शुरु भएदेखि नै एकले अर्कोलाई समर्थन गरेको उल्लेख गर्दै चिनियाँ दूतावासका प्रवक्ताले  दुई मुलुकले भाइरसविरुद्ध कसरी सहकार्य गर्नुपर्छ भनी उदाहरण देखाएको उल्लेख गरेका छन् ।

प्रवक्ताले अहिलेसम्म अनुदान र व्यापारिक रुपमा नेपाललाई ७४ लाख डोज कोरोना खोप उपलब्ध गराएको र चीन नेपाललाई खोप प्रदान गर्ने सबैभन्दा ठूलो मुलुक भएको समेत उल्लेख गरेका छन् ।