• २५ बैशाख २०८१, मंगलवार
  •      Tue May 7 2024
  •   Unicode
Logo
Latest
★   राष्ट्रिय सुरक्षाका लागि समन्वय र साझा बुझाइ हुनुपर्छः रक्षामन्त्री उप्रेती ★   वर्षाले डढेलो निभाउने आशा ★   विद्युतीय चुरोटमा प्रतिबन्ध लगाउने तयारीमा सरकार ★   त्रिवि पत्रकारिता विभागको प्रमुखमा प्रा पोखरेल ★   गोरखामा रोट महोत्सव हुने ★   वर्षाले केही घट्यो वायु प्रदूषण ★   हल्का वर्षापछि कस्तो छ वायु प्रदूषणको अवस्था ? ★   काँग्रेस गृहमन्त्रीलाई संसदमा बोल्न दिनुपर्छ भन्ने ठाउँमा आएको छः सन्तोष परियार ★   काँग्रेस जिम्मेवार प्रतिपक्ष बनोस्, म माथि संसदीय समिति बनाउनुपर्ने स्पष्ट आधार छैनः गृहमन्त्री ★   काँग्रेसको व्यक्ति लक्षित संसदीय समितिको माग सम्भव छैन: एमाले

प्रतितोला रु सात सयले बढ्यो सुनको मूल्य



काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु सात सयले बढेर रु ९७ हजार तीन सय तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९६ हजार छ सयमा कारोबार भएका थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९६ हजार आठ सय छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९६ हजार एक सय थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा स्थिर रही प्रतितोला रु एक हजार दुई सय २५ कायम रहेको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको तुलनामा महासङ्घले यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।