२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

आगामी निर्वाचनमा पूर्व म्यादी र पूर्व सुरक्षाकर्मीलाई विशेष प्राथमिकताः प्रहरी महानिरीक्षक सिंह



अ+ अ-

काठमाडौँ । आगामी संघ र प्रदेश सदस्यको निर्वाचनका लागि म्यादी प्रहरी भर्नामा पूर्व म्यादी प्रहरी र पूर्व सुरक्षाकर्मीहरुले विशेष प्राथमिकता पाउने भएका छन्

बिहीवार प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रहरी महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिंहले यस्तो बताउनुभएको हो । उहाँले हालमा म्यादी प्रहरीको संख्या निक्र्यौल नभइसकेको तर गृह मन्त्रालयमा खर्च र कति सुरक्षाकर्मी खटाउने भन्ने बारेमा छलफलका लागि सूची पठाइसकेको बताउनु भयो । उहाँले म्यादी प्रहरीलाई ४० दिनका लागि भर्ना गर्ने र गत स्थानीय निर्वाचनमा दिएको सेवा सुविधा नै प्रदान गर्ने बताउनु भयो । महानिरीक्षक सिंहले यसबारेमा प्रारम्भिक चरणमा छलफल र तयारी चलिरहेको बताउनु भयो । उहाँले निर्वाचनका लागि आवश्यक सुरक्षा परिचालन दिनेकुरा सम्बन्धित मन्त्रालयबाट प्राप्त भइसकेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘म्यादी प्रहरीको संख्या निक्र्यौल भइसकेको छैन । तर स्थानीय निर्वाचनको भन्दा धेरै हुनेछ । यो संख्या हामीले रिभ्यू गर्दैछौँ । आवश्यक संख्यामा प्राप्त हुनेछ भन्ने आश्वासन आएको छ । ४० दिनको लागि भर्ना गरिनेछ । स्थानीय निर्वाचनमा भर्ना भएका म्यादी प्रहरी र पूर्व सुरक्षाकर्मीलाई विशेष प्राथमिकता दिइनेछ । त्यो भन्दा बाहेकका लागि केही छनोट प्रविधि हुनेछ । यसमा लाग्ने आवश्यक खर्च, तिनीहरुलाई गत स्थानीय निर्वाचनमा पाए सरहको सुविधा हुनेछ । यो प्रारम्भिक छलफलको चरणमा छ । हामी मंसिर ४ को निर्वाचनको तयारीमा छौँ । प्रारम्भिक चरणमा गरिने कामको तयारीमा छौँ । म्यादी प्रहरी, नेपाल प्रहरीहरु खटाउँदा लाग्ने खर्चको बारेमा गृह मन्त्रालयमा पठाइसकेका छौँ ।’

उहाँले नेपाल प्रहरी निर्वाचनको तयारीका साथै अपराध अनुसन्धान र नियन्त्रणमा पनि गम्भीर बनिरहेको बताउनु भयो ।




भर्खरै