• १६ जेष्ठ २०८१, बुधबार
  •      Wed May 29 2024
  •   Unicode
Logo
Latest
★   माछा मार्न जाँदा अस्ट्रेलियामा दुई नेपाली विद्यार्थीको मृत्यु ★   प्रतिनिधिसभा : बजेट वक्तव्य टेबुल, आर्थिक विधेयक पेस ★   बजेट स्वागतयोग्य र लगानीमैत्री आएको छ – अध्यक्ष ढकाल ★   सहकारीको रकम अपचलनको छानबिन गर्न संसदीय विशेष समिति गठन, को–को परे ? ★   धेरै पुराना आयोजना अलपत्र हुने किसिमले बजेट आयोः प्रकाशशरण महत ★   नागरिकलाई आत्मविश्वास जगाउने बजेट ★   आर्थिक वृद्धिदर छ प्रतिशत ★   बढेन कर्मचारीको तलब ★   निश्चित रकम भन्दा बढी पुँजी भएका कम्पनीले अनिवार्य धितोपत्र बजारमा सूचिकरण हुनुपर्ने ★   यस्ता छन् सरकारले बजेट मार्फत ल्याएका करसम्बन्धि नयाँ व्यवस्थाहरु

प्रदीप गिरिलाई घाँटीको क्यान्सर



काठमाडौँ । नेपाली कांग्रेसले सांसद् प्रदीप गिरिलाई घाँटीको क्यान्सर भएको र उनको स्वास्थ्य अवस्था सुधारोन्मुख भएको बताएको छ । पार्टीका सचेतक मीनबहादुर विश्वकर्माले आज एक विज्ञप्ति जारी गर्दै सांसद् गिरिको घाँटीको क्यान्सरको उपचार गरिएको बताएका छन् ।

गत वर्षको साउनमा बिरामी भएपछि गिरि उपचारका लागि भारतको मुम्बई गएका थिए । भारतमै उपचार गराइरहेका गिरिलाई हालै नेपाल ल्याइएको थियो । उनको अहिले ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ ।

“‘प्रदीप गिरि विगत लामो समय भारतको मुम्बईका विभिन्न अस्पतालहरूमा घाँटीको क्यान्सरको सफल उपचारपश्चात केही समय पहिले नेपाल आउनुभयो”, सचेतक विश्वकर्माले भन्नुभएको छ, “उहाँलाई निमोनिया देखिएकोले नेपाल मेडिसिटी अस्पताल भर्ना भई उपचार भइरहेको छ, चिकित्सक एवं परिवार स्रोतका अनुसार उहाँको स्वास्थ्यमा क्रमिक सुधार देखिएको छ।”

विज्ञप्तिअनुसार कांग्रेसका अर्का सांसद कर्मा घले पनि क्यान्सरबाट पीडित छन् । उनको पनि भारतस्थित मुम्बईका विभिन्न अस्पतालमा पोस्टेट क्यान्सरको उपचार गरिएको थियो। नेपाल फर्केपछि उनको पनि मेडिसिटी अस्पतालमा उपचार गरिएको थियो । सांसद घलेको हाल ललितपुरकै नेपाल क्यान्सर अस्पताल एन्ड रिसर्च सैन्टर हरिसिद्धिमा उपचार भइरहेको छ ।