२१ भाद्र २०८३, आईतवार
,
Latest
तिब्बत क्षेत्रमा बाढीबाट मृत्यु हुनेको सङ्ख्या ४३ पुग्यो, ५१९ जना बेपत्ता गाजाबाट प्यालेष्टिनीलाई निष्कासन गर्ने योजनाका कारण शान्ति प्रस्ताव प्रभावित हुने न्यायाधीश नियुक्तिको अधिकार प्रधानन्यायाधीशलाई दिनुपर्छः संविधानविद् अधिकारी भदौ १० गतेको विपद्मा दिवंगतप्रति श्रद्धाञ्जली, स्वयम्भूमा स्मृति तथा दीप प्रज्वलन कार्यक्रम गोरखाको चुमनुब्री–४ मा बाढीपीडितका लागि राहत पठाइँदै राप्रपाका महामन्त्री शरदराज पाठकद्वारा पार्टीका सबै जिम्मेवारी परित्याग ओलीको तस्बिर दुरुपयोग गरी एआईबाट भ्रामक सामग्री बनाइएकोमा एमालेको आपत्ति भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलाई चार्जिङ सामग्री सहयोग बाढीले मनास्लु पदमार्ग अवरुद्ध ऊर्जामन्त्री श्रेष्ठले त्रिशुली थ्री `ए´ काे सुरूङमार्गबाट उद्वार गरिएका घाइतेलाई भेटे
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदीप गिरिलाई घाँटीको क्यान्सर



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसले सांसद् प्रदीप गिरिलाई घाँटीको क्यान्सर भएको र उनको स्वास्थ्य अवस्था सुधारोन्मुख भएको बताएको छ । पार्टीका सचेतक मीनबहादुर विश्वकर्माले आज एक विज्ञप्ति जारी गर्दै सांसद् गिरिको घाँटीको क्यान्सरको उपचार गरिएको बताएका छन् ।

गत वर्षको साउनमा बिरामी भएपछि गिरि उपचारका लागि भारतको मुम्बई गएका थिए । भारतमै उपचार गराइरहेका गिरिलाई हालै नेपाल ल्याइएको थियो । उनको अहिले ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ ।

“‘प्रदीप गिरि विगत लामो समय भारतको मुम्बईका विभिन्न अस्पतालहरूमा घाँटीको क्यान्सरको सफल उपचारपश्चात केही समय पहिले नेपाल आउनुभयो”, सचेतक विश्वकर्माले भन्नुभएको छ, “उहाँलाई निमोनिया देखिएकोले नेपाल मेडिसिटी अस्पताल भर्ना भई उपचार भइरहेको छ, चिकित्सक एवं परिवार स्रोतका अनुसार उहाँको स्वास्थ्यमा क्रमिक सुधार देखिएको छ।”

विज्ञप्तिअनुसार कांग्रेसका अर्का सांसद कर्मा घले पनि क्यान्सरबाट पीडित छन् । उनको पनि भारतस्थित मुम्बईका विभिन्न अस्पतालमा पोस्टेट क्यान्सरको उपचार गरिएको थियो। नेपाल फर्केपछि उनको पनि मेडिसिटी अस्पतालमा उपचार गरिएको थियो । सांसद घलेको हाल ललितपुरकै नेपाल क्यान्सर अस्पताल एन्ड रिसर्च सैन्टर हरिसिद्धिमा उपचार भइरहेको छ ।