११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

फोहोर व्यवस्थापनका विषयमा प्रधानमन्त्री र काठमाडौँ महानगरका प्रमुख उपप्रमुखविच छलफल

फोहोर व्यवस्थापनका विषयमा प्रधानमन्त्री र काठमाडौँ महानगरका प्रमुख उपप्रमुखविच छलफल
अ अ+ अ-

काठमाडौँ । फोहोर व्यवस्थापनका विषयमा आज प्रधानमन्त्री शेरबहादुर देउवा र काठमाडौँ महानगरका प्रमुखविच कुराकानी भएको छ । प्रधानमन्त्री निवास वालुवाटारमा उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठसहितको कुराकानीका क्रममा प्रमुख शाक्यले, सडक विग्रिएर फोहोर उठाउन कठिन भएको कारण बताएपछि प्रधानमन्त्री देउवाले त्यहीँबाट सडक विभागका महानिर्देशकलाई टेलिफोन सम्पर्क गरेर तत्काल सडकलाई सुचारु हुने बनाउन निर्देशन दिनुभयो । त्यस्तै शान्ति सुरक्षालाई मजवुत बनाउन गृहमन्त्री बालकृष्ण खाँडलाई टेलिफोन गरेर आवश्यक प्रबन्ध गर्न निर्देशन दिनुभयो । 
भेटपछि छलफलका विषयमा प्रतिक्रिया दिँदै प्रमुख शाक्यले, फोहोर व्यवस्थापनको तत्काल र दिगो समाधानका विषयमा कुराकानी भएको जानकारी दिनुभयो । ‘प्रधानमन्त्री देउवासँगको भेटमा हामीले बञ्चरे डाँडाको ल्याण्डफिल साइड छिटो भन्दा छिटो निर्माण सम्पन्न गरेर हस्तान्तरण गर्ने वातावरण निर्माण गरिदिन आग्रह गरेका छौँ,’ शाक्यले भन्नुभयो, ‘मैले भदौ ८ गते नै प्रधानमन्त्रीलाई पत्रमार्फत फोहोर व्यवस्थापनका लागि पहल गरिदिन आग्रह गरेको थिएँ । त्यसै अनुसार उहाँसँग भेटघाटका लागि समय मागेको थिएँ । आज भेटघाटको मिति तय भयो । कुराकानी सकारात्मक भएको छ । महानगर सिसडोलसम्म जाने बाटो निर्माणका लागि लाग्ने खर्च तयार छ ।’ 

प्रमुख शाक्यले प्रधानमन्त्री देउवालाई पठाएको पत्रमा काठमाडौँ उपत्यकाको फोहोरमैलाको दीर्घकालीन समस्या समाधानका लागि निर्माणाधीन बञ्चरे डाँडा स्यानिटरी ल्याण्डफिल साइडको हालसम्म पनि निर्माण कार्य सम्पन्न नभएको र सो साइटसम्म पुग्ने बाटोसमेत निर्माण सम्पन्न हुन नसकेका कारण उपत्यकाको फोहोरमैला व्यवस्थापनमा अवरोध पुगेको उल्लेख गरिएको छ ।

‘यस अवस्थामा बञ्चरे डाँडा ल्याण्डफिल साइड र सो साइडसम्म पुग्ने बाटो अविलम्ब निर्माण सम्पन्न गरी काठमाडौँ उपत्यकाको फोहोरमैला व्यवस्थापनमा सहजताका लागि प्राथमिकताका साथ आवश्यक कारबाही अगाडि बढाई दिनुहुन अनुरोध गर्दछु ।’ पत्रको व्यहोरामा लेखिएको छ । 

सामान्य अवस्थामा दैनिक १ सय ५० ट्रक पुग्ने साइटमा अहिले बढीमा ५० वटा मात्र पुग्ने गरेका छन् । जसका कारण अहिले उपत्यकाका सडकमा फोहोरको मात्रा बढ्दै गएको हो ।