• १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
  •   Unicode
Logo
Latest
★   काठमाडौँ फेरि बन्यो विश्वकै प्रदूषित शहर ★   पोषणको क्षेत्रलाई सरकारले प्राथमिकतामा राख्नुपर्छ: सभापति राणा ★   नेपालको मौसम र अहिलेको राजनीति उस्तैउस्तै हो: अध्यक्ष नेपाल ★   नेपालको आतिथ्यताबाट खुसी छौं – आन्द्रे फ्लेचर ★   आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने ★   चिनियाँ वैज्ञानिकद्वारा सेलफोन चार्ज गर्न सक्ने पहिरनयोग्य ब्याट्रीको निर्माण ★   धादिङ सल्यानटारका विद्यार्थीले बनाए विद्युतीय गाडी ★   कोका–कोला ब्रान्डेड प्लास्टिक प्रदूषणको विश्वको सबैभन्दा ठूलो उत्पादक ★   त्रिवि मैदानमा अभ्यास गर्दै वेस्ट इन्डिज ‘ए’ टोली (फोटोफिचर) ★   प्रचण्ड गर्मीकाबीच भारतमा दोस्रो चरणको मतदान सुरु

प्रतितोला रु पाँच सयले घट्यो सुनको मूल्य



काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु पाँच सयले घटेर रु ९६ हजार छ सय तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९७ हजार एक सयमा कारोबार भएको थियो ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९६ हजार एक सय छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९६ हजार छ सय थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला रु पाँचले घटेर रु एक हजार दुई सय २५ तोकिएकोे छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको तुलनामा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।