११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

हजुरबा, हजुरआमाको देश नेपालमा खेल्न पाउँदा खुसी लाग्छ– सुनिल क्षेत्री

हजुरबा, हजुरआमाको देश नेपालमा खेल्न पाउँदा खुसी लाग्छ– सुनिल क्षेत्री
अ अ+ अ-

काठमाडौं । नेपालसँग तय भएका दुई मैत्रिपूर्ण खेलका लागि भारतीय टोली आज नेपाल आईपुगेको छ । विमानस्थलमा ओर्लिपछि भारतीय टोलीका कप्तान सुनिल क्षेत्रीले नेपाली भाषामा नै सञ्चार माध्यमलाई प्रतिक्रिया दिए । प्रतिक्रिया दिने क्रममा उनले हजुरबा, हजुरआमा, आमाको देश नेपालमा खेल्न पाउँदा खुसी लाग्ने बताउँदै नेपाली टोलीको खेललाई पनि प्रशंसा गरे । नेपालमा आईपुगेपछि सञ्चारकर्मीसँगको अन्र्तवार्ताको सम्पादित अंश यस्तो रहेको छ ।

नेपालमा आएर मैत्रिपूर्ण खेल खेल्दै हुनुहुन्छ । साफ अगाडिको तयारी खेललाई कसरी लिनु भएको छ ?

नेपालमा आएर खेल्न पाउँदा खुसी छौं । मैत्रिपूर्ण खेल खेल्न नेपालसँग त्यहि सहज छैन । नेपालले निमन्त्रणा गरेकोमा धन्यवाद दिन चाहन्छु । यसको निकै महत्व छ । अहिले कोभिडका कारण अवस्था कठिन छ । यस्तो अवस्थमा पनि नेपालले राम्रो हस्पिटालीटि दिएर बोलाउनु भएकोमा धन्यवाद दिन चाहन्छौं । मैत्रिपूर्ण खेल नेपालसँग खेल्नपाउँदा खुसी लागेको छ ।

नेपाली टोलीलाई कसरी हेर्नुहुन्छ ?

यस अघि पनि नेपालसँग खेलेका छौं । नेपाल बलियो टोली र कठिन प्रतिद्वन्द्वी हो । पछिल्लो समय राम्रो नतिजा निकालेर राम्रो प्रदर्शन गरिरहेको छ । एएफसीमा आर्मीले राम्रो गरेको छ । नेपालले सधै राम्रो खेल्ने गर्छ । अहिलेको अवस्था नेपाली टोली बलियो रहेको छ । टोली फर्ममा छ । राम्रो गर्ने टोली छ ।

अहिलेको अवस्थामा कोरोना ब्याप्त छ । कठिन अवस्थामा पनि भारतले साफ तयारीलाई कसरी अगाडि बढाएको छ?

अहिले हाम्रो अवस्था निकै कठिन छ । कठिन तरिकाले हामी अगाडि बढिरहेका छौं । किनभने भने हाम्रो लिग खतम भइसकेको छ । दुई क्लबले मात्र अभ्यास गरिरहेका छन् । साफका लागि खेलाडी पर्याप्त मात्रामा अभ्यासमा थिएनन् । दुई हप्तादेखी तयारी गरेका छौं । सिनियर खेलाडी पनि कमैमात्र छन् । नेपालसँग हुने दुई मैत्रिपूर्ण खेल हाम्रो लागि निकै महत्वपूर्ण छन् । यी दुई खेलपछि हामी साफका लागि माल्दिभ्स जाने हो । अहिलेको अवस्थामा धेरै सिनियर खेलाडी एएफसी कपमा खेलेका छन् । दुईवटा क्लबका ८ खेलाडी माल्दिभ्समा खेलिरहेका छन् । जसका कारण हामी समयमा नै अभ्यास थाल्न सकेनौं । जुनियर खेलाडी टोलीमा समावेश भएका छन् । उनीहरुको प्रदर्शनबाट कोच सन्तुष्ट छन् । राम्रो भन्दा राम्रो खेल्ने हाम्रो लक्ष्य छ । म पनि पछिमात्र टोलीमा आबद्ध भएको हुँ । कोचलाई मात्र थाह छ, को खेलाडी खेलाउने को खेलाडीलाई नखेलाउने भन्ने ।

सुनिल क्षेत्रका फ्यान नेपालमा पनि धेरै हुनुहुन्छ । नेपालमा खेल्दा कस्तो अनुभव हुन्छ ?

नेपालमा खेल्न पाउँदा मलाई निकै खुसी लाग्छ । एउटै भाषा छ । हजूरबा, हजूरआमा यहीबाट हुनुहुन्थ्यो । ममी पनि यहीबाट हुनुहुन्छ । यस्तो अवस्थामा पनि सबैजना सुरक्षित हुनुहुन्छ । सबै नेपालीलाई सुरक्षित भएर बस्न आग्रह गर्छु ।

भारतले नेपालसँग त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भदौ १७ र २० गते प्रतिस्पर्धा गर्दै छ । बन्द रंगशालामा आयोजना हुने प्रतियोगितालाई नेपालले साफ तयारीको रुपमा हेरेको छ । माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिप अक्टोबर १ देखि १६ सम्म आयोजना हुँदै छ । नेपालले छिमेकी देश भारतसँग सन २०१८ को विश्वकप छनोट अन्तर्गत भएको खेलमा प्रतिस्पर्धा गरेका थिए । उक्त खेल गोल रहित बराबरीमा सकिएको थियो ।