• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा २८ गते सुनुवाइ हुने ★   विश्वकप छनोट खेल्ने नेपाली फुटबल टोलीको बिदाइ ★   प्रसुति गृहको नयाँ भवन चाँडै सञ्चालनमा ल्याउन स्वास्थ्यमन्त्री यादवको निर्देशन ★   अन्नपूर्ण आरोहण दिवसः मौरिस हर्जोगको स्मरण गर्दै विविध कार्यक्रम ★   सफारी जिप दुर्घटनामा छ पर्यटक घाइते ★   आर्मीले बुढानिलकण्ठलाई हरायो ★   मिथ्या सामाग्री पस्केर पत्रकारितालाई नधुमिल्याऔँः अध्यक्ष बस्नेत ★   नयाँ बजेट परम्परागत भन्दा नयाँ छः अध्यक्ष राई ★   बजेट सबै मन्त्रालय र मन्त्रीहरुसँग सहमति गरेर आएको होः मन्त्री अर्याल ★   बजेटमा असन्तुष्टि होइन, छलफल गरेर ल्याएको भए अझ राम्रो हुन्थ्योः ओली

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पुस १७ गतेदेखि सञ्चालनमा आउँछः मन्त्री श्रेष्ठ



kf]v/f, @% ;fpgM kqsf/ e]63f6 sfo{qmddf dGqL >]i7 ;+:s[lt, ko{6g tyf gful/s p•ogdGqL hLjg/fd >]i7 ;dfhjfbL k|]; ;ªu7g sf:sLn] a’waf/ kf]v/f ljdfg:yndf cfof]hgf u/]sf] kqsf/ e]63f6 sfo{qmddf dGtJo JoQm ug'{x’Fb} tl:a/M /flwsf sF8]n÷/f;;

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पुस १७ गतेदेखि सञ्चालनमा ल्याउने बताउनुभएको छ ।

बुधवार समाजवादी प्रेस संगठनले पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री श्रेष्ठले नागरिक उडड्यन प्राधिकरणको सोमवारको बोर्ड बैठकले अंग्रेजी नयाँ वर्ष जनावरी १ तारिक अर्थात पुस १७ गते सञ्चालनमा ल्याउने निर्णय गरेको बताउनु भयो ।

उहाँले विमानस्थल सञ्चालन गर्नुभन्दा पहिला रिठ्ठेपानी डाँडा कटान र ल्याण्डफिल साइट स्थानान्तरण अनिवार्य रुपमा गर्नुपर्ने देखिएको बताउनु भयो । मन्त्री श्रेष्ठले रिठ्ठेपानी डाँडा कटान तत्काल अघि बढाउने निर्णय भइसकेको बताउनु भयो । उहाँले पोखराको फोहोर व्यवस्थापन गर्ने स्थान ल्याण्डफिल साइट व्यवस्थापनमा पोखरा महानगरले प्रतिवद्धता जनाएको बताउनु भयो । पर्यटन मन्त्री श्रेष्ठले अन्तर्राष्ट्रिय उडानका लागि एयर रुट मिलाउने, अन्तर्राष्ट्रिय एयरलायन्स कम्पनीसँग समन्वय गर्ने कुरा सँगसँगै अघि बढ्ने जानकारी दिनुभयो ।

पोखराको ब्राण्डको रुपमा परिचित शाहसिक प्याराग्लाइडिङ जोगाउन सकेसम्म उपाय खोजिने बताउनु भयो । नयाँ अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनपछि हालको विमानस्थलबारे के गर्ने भन्ने कुनै निर्णय नभएको तर सञ्चालनमा नभएका एयरपोर्टलाई वैकल्पिक व्यवस्थापन गर्ने, पर्यटनमा आधारित शाहसिक खेलको रुपमा र पर्यटनमा आधारित रहेर विकास गर्ने नीतिगत निर्णय भएको बताउनु भयो ।

पोखराको चाउथेमा निर्मित अन्तर्राष्ट्रिय विमानस्थलमा हालसम्म टर्मिनल भवन, पेरीफेरि रोड, रनवे, २५ मिटर ह्यांगर, ट्क्याक्सी वे, विमानस्थलभित्र टर्मिनल भवन, यात्रु आउजाउको बाटो, एटिआर, ३ अन्तर्राष्ट्रिय विमान र ४ ट्विनअटर विमान पार्किङका लागि भौतिक संरचना बनिसकेका छन् । विमानस्थलको बाधक रुपमा रहेको पूर्वको रिठ्ठेपानी डाँडा कटानका लागि इआइए स्वीकृत भई हालसम्म ६ सय रुख कटान भइसकेको छ । परीक्षण उडानका लागि डाँडा कम्तीमा १४ मिटर काट्नुपर्छ ।

डाँडा कटान गरेर निस्किएको माटोले ल्याण्डफिल साइट पुर्ने तयारी छ । तर पोखरा महानगरले पटक–पटक ल्याण्डफिल स्थानान्तरणमा तयारीमा रहे पनि ठोस निर्णय गर्न सकेको छैन । विमानस्थलभन्दा करिव २ किलोमिटर नजिकको ल्याण्डफिल साइटमा पोखराको दैनिक २ सय टन फोहोर पुग्ने गरेको छ । नागरिक उड्डयन प्राधिकरणले १ वर्ष समय थप गरेर सन् २०२२ जुलाई १० को समयसीमा कायम थियो । विमानस्थलबाट दैनिक ६ अन्तर्राष्ट्रिय र ४८ आन्तरिक उडान हुनसक्ने प्राधिकरणले जनाएको छ ।