६ श्रावण २०८३, बुधबार
,
Latest
वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा धनुषा प्रहरीद्वारा एकै ४४ फरार प्रतिवादी पक्राउ जङ्गलबाट ११ वटा अवैध भरुवा बन्दुक बरामद संस्कृत विश्वविद्यालयका नवनियुक्त उपकुलपति खतिवडाको शपथ दमकमा घरायसी विवादमा श्रीमतीको हत्या, आत्महत्या प्रयास गरेका श्रीमानको पनि मृत्यु काँग्रेसमा बढ्दो आन्तरिक विवादः संस्थापन इतर पक्षद्वारा साउन २९ मा राष्ट्रिय भेला आह्वान राष्ट्रियता र लोकतन्त्र इतिहासकै गम्भीर संकटमाः पूर्णबहादुर खड्का
तपाईं के खोज्दै हुनुहुन्छ ?

बजेट खर्च गर्ने योजना बनाउन आग्रह



अ+ अ-

मनाङ । गण्डकी प्रदेश सरकारका अर्थमन्त्री रामजीप्रसाद बरालले बढीभन्दा बढी बजेट खर्च हुनेगरी योजना तथा कार्यक्रमहरु अघि सार्न आग्रह गर्नुभएको छ ।  

प्रदेशको अर्थ मन्त्रालयले आज लमजुङमा आयोजना गरेको बजेट कार्यान्वयन र आर्थिक अनुशासनसम्बन्धी अन्तक्र्रियामा उहाँले सङ्घीयता कार्यान्वयनको अभ्यासमा रहेकाले केही कठिनाइ हुने भन्दै यस वर्ष कम्तीमा ८० प्रतिशत बजेट खर्च गर्नेगरी अघि बढ्न आग्रह गर्नुभयो । कर्मचारीहरु समस्या देखाएर उम्कन नपाउने उहाँले बताउनुभयो । विभिन्न योजनामा विनियोजन गरेको रकम फ्रिज गर्ने प्रक्रियाको अन्त्य गर्ने रणनीतिमा आफूहरु रहेको मन्त्री बरालले बताउनुभयो । नागरिकका खाँचो र आवश्यकताका योजना छनोट गर्न मन्त्री बरालको आग्रह थियो । 

प्रदेश नीति तथा योजना आयोगका सदस्य माया तिमिल्सिनाले बजेट खर्च गर्ने नीति तथा प्रणालीमा नै सुधार गर्नुपर्ने बताउनुभयो । जिल्ला समन्वय समिति लमजुङका प्रमुख भोजराज पाण्डेले लमजुङवासी विकासे मुद्दामा एक भएको बताउनुभयो । 

अर्थ मन्त्रालयका सचिव वैकुण्ठप्रसाद अर्यालले गत वर्ष लमजुङमा ७२ प्रतिशत चालूतर्फ र ७५ प्रतिशत पुँजीगत खर्च भएको जानकारी गराउँदै चालू आर्थिक वर्षको सात महिनामा १९ प्रतिशत बजेट खर्च भएको बताउनुभयो । खर्च नहुने योजनाको फाइल अघि बढाउन उहाँले सुझाव दिनुभयो । 

सो कार्यक्रममा भौतिक पूर्वाधार विकास कार्यालय लमजुङका प्रमुख सुमन गिरी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय लजमुङका प्रमुख राजेन्द्र भण्डारी, कृषि ज्ञानकेन्द्र लमजुङका प्रमुख सुदीप खतिवडा, स्वास्थ्य कार्यालय लमजुङका अमर दवाडीलगायतले प्रदेश सरकारका योजना र कार्यक्रमहरुमा आफ्ना धारणा राख्नुभयो ।