१९ भाद्र २०८३, शुक्रबार
,
Latest
भाद्र कृष्ण अष्टमीः बिहानैदेखि देशभरका श्रीकृष्णमन्दिरमा भक्तजनको लाम साल्ट ट्रेडिङद्वारा विपद् प्रभावितका लागि रु ६० लाख सहयोग भोटेकोशी बाढी प्रभावित व्यवसायीका लागि पुनरुत्थान प्याकेज स्वागतयोग्य : नाडा यी हुन् आजका अवरुद्ध प्रमुख राजमार्ग फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु त्रिशूली–३ ‘ए’बाट उद्धार गरिएका शाह र महर्जनलाई उपचारका लागि काठमाडौं ल्याउने तयारी त्रिशूली–३ ‘ए’को सुरुङबाट कबीर महर्जनको पनि जीवितै उद्धार तीज कार्यक्रम स्थगनः बाढी प्रभावितलाई सहयोग भोटेकोशी बाढी : त्रिशूली–३ ‘ए’को सुरुङबाट एक जनाको जीवित उद्धार भक्ति, आस्था र उल्लासमा श्रीकृष्ण जन्माष्टमी-फोटो फिचर
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रियसभा: बाढी/पहिरो प्रभावितको व्यवस्थापन र राहतमा ध्यान दिन सरकारलाई आग्रह



अ+ अ-

काठमाडौँ । राष्ट्रियसभाका सांसदले मुलुकका धेरै जिल्लामा विपद्जन्य घटना निम्तिएको र यसले जनधनको क्षति भएको उल्लेख गर्दै प्रभावितको उचित व्यवस्थापन र राहत दिन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा भाग लिएर बोल्दै सांसद विमला घिमिरेले वर्षाका कारण किसानले गत वर्ष क्षति बेहोरेको धानको राहतसमेत नपाएको बताउनुभयो । उहाँले सरकारले क्षतिको अभिलेख मात्रै सङ्कलन गरेर क्षतिपूर्ति नदिएको अवस्थामा अहिले फेरि धानका लागि मलसमेत नपाउनु विडम्बना भएको बताउनुभयो । उहाँले पेट्रोलियम पदार्थको मूल्य घटेर आए पनि नघटाइएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले बाढी पहिरो प्रभावितको उचित व्यवस्थापन र राहत दिन पनि आग्रह गर्नुभयो ।

अर्का सांसद शारदादेवी भट्टले यस वर्ष पनि वर्षाका कारण मुलुकका धेरै क्षेत्रमा ठूलो धनजनको क्षति भएको उल्लेख गर्दै प्रभावित नागरिकलाई उचित राहत दिन आग्रह गर्नुभयो ।