२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्क्रब टाइफस वर्षा मौसममा अत्यधिक फैलने, सतर्क रहन आग्रह



अ+ अ-

काठमाडौं । स्क्रब टाइफस वर्षा मौसममा अत्यधिक फैलने भएकाले सजक रहन र ज्वरो आए समयमै उपचार गर्न चिकित्सकले आग्रह गरेका छन् ।

स्क्रब टाइफस विश्वमा नै ज्वरो आउने पाँच प्रमुख कारणमध्ये एक पर्छ । स्क्रब टाइफस ज्वरो ल्याउने एक किसिमको किटाणु हो । ज्वरो आउने कारण थाहा नहुनेमध्ये यो पनि पर्छ । किटाणुले ज्वरो आएको भन्ने पत्ता लागेको सन् २०१५ मा हो । यो किटाणुको पहिलो रिपोर्टिङ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भएको थियो । 

चिकित्सकहरुका अनुसार यो किटाणुको आक्रणपछि साधारण ज्वरोसँगै दिमाग, मुटु, कलेजोलगायत अन्य अंगहरुमा असर पुर्‍याउँछ । यो किटाणुको आक्रमणबाट मर्ने दर भने नेपालको ठाउँपिच्छे फरक छ । सबै उमेर समूहलाई संक्रमण गर्ने स्क्रब टाइफस किटाणुले साउनदेखि असोजसम्म बढी आक्रमण गर्ने गरेको पाइएको छ । खास गरी जाडो महिनामा यो रोग देखिँदैन ।

गत वर्ष कान्ति बाल अस्पतालमा गरेको एक अनुसन्धानमा स्क्रब टाइफसको मृत्यु दर ५ प्रतिशत देखिएको थियो । स्क्रब टाइफस रगतको परीक्षणबाट पत्ता लाग्छ र प्रायः अस्पतालहरुमा यसको परीक्षण हुन्छ । कान्ति बाल अस्पतालका बाल रोग विशेषज्ञ डा। रामहरि चापागाईंले नेपाल समाचारपत्रलाई जानकारी दिएअनुसार स्क्रब टाइफसको किटाणु धेरैजसो एसिया र अस्ट्रेलिया महादेशमा पाइन्छ । स्क्रब टाइफस नियन्त्रणका लागि नेपाल सरकार स्वास्थ्य मन्त्रालयले उपचार निर्देशिका बनाइसकेको छ ।

स्क्रब टाइफसबाट धेरैजसो किसान परिवार प्रभावित हुने गर्छन् । खेती किसानीको काम गर्ने खुला ठाउँमा बस्नेलाई बढी सर्ने सम्भावना हुन्छ । चिकित्सकहरुका अनुसार स्क्रब टाइफस मुसा वर्गको जीवबाट सर्छ । यसको किटाणु किर्नाजस्तै हुन्छ । बच्ने प्रमुख उपाय भनेको खेतबारीमा काम गर्दा गमबुट लगाउने, बाहिर खुला ठाउँमा नसुत्ने, ज्वरो आइहाले तुरुन्त उपचार गर्ने नै हो ।

स्क्रब टाइफसको बारेमा नेपालको सन्दर्भमा काठमाडौं, धरान, धुलिखेललगायतका विभिन्न ठाउँमा अध्ययन अनुसन्धान भएको छ । यसका बारेमा अहिले धुलिखेल अस्पतालमा पनि थप अध्ययन अनुसन्धान गर्न खोजिँदै छ । धुलिखेल अस्पतालमा नेपालमा हुने र अन्य देशमा हुने स्क्रब टाइफस फरक हो कि एउटै हो भनेर अनुसन्धान गर्न खोजिएको धुलिखेल अस्पतालले जनाएको समाचार नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।