६ श्रावण २०८३, बुधबार
,
Latest
अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा धनुषा प्रहरीद्वारा एकै ४४ फरार प्रतिवादी पक्राउ जङ्गलबाट ११ वटा अवैध भरुवा बन्दुक बरामद संस्कृत विश्वविद्यालयका नवनियुक्त उपकुलपति खतिवडाको शपथ
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेमा यी ३२ नेताले पाए १० बुँदे कार्यान्वयनको जिम्मेवारी



अ+ अ-

काठमाडौं । नेकपा एमालेले पार्टी विवाद समाधानका लागि गरिएको १० बुँदे सहमति कार्यान्वयन गर्न नेतालाई जिम्मेवारी तोकेको छ ।

स्थायी कमिटी र केन्द्रीय कमिटीका निर्णयसहित सोमबार जारी गरिएको अन्तरपार्टी निर्देशनमा सातवटै प्रदेशमा १० बुँदे कार्यान्वयन गर्न ३२ नेतालाई जिम्मेवारी तोकिएको हो । 

एमालेले २०७५ जेठ २ कै पार्टी संरचनाअनुसार प्रदेश इन्चार्जको भूमिकामा रहेका नेतालाई राखेर प्रदेशमा १० बुँदे कार्यान्वयन गर्न प्रदेश–१ मा भीमप्रसाद आचार्य, सुवासचन्द्र नेम्वाङ, शेरधन राई, देवराज घिमिरे, टंक आङ्बोहाङ र प्रदेश–२ मा सत्यनारायण मण्डल, रघुवीर महासेठ, प्रभु शाह, सुमन प्याकुरेल, ज्वालाकुमारी साहलाई जिम्मेवारी दिएको छ ।

त्यसै गरी, वागमती प्रदेशमा अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, काशीनाथ अधिकारी, आनन्द पोखरेल, गण्डकी प्रदेशमा किरण गुरुङ, पृथ्वीसुब्बा गुरुङ, जगत् विश्वकर्मा, लीलबहादुर थापा, लुम्बिनी प्रदेशमा विष्णुप्रसाद पौडेल, शंकर पोखरेल, टोपबहादुर रायमाझी, दलबहादुर राना, लीला गिरी, कर्णाली प्रदेशमा युवराज ज्ञवाली, यामलाल कँडेल, गोरख बोगटी, धर्मराज रेग्मी, सुदूरपश्चिम प्रदेशमा भीमबहादुर रावल, लेखराज भट्ट र कर्णबहादुर थापालाई जिम्मेवारी तोकिएको छ ।

त्यसै गरी, जनसंगठनहरूमा ईश्वर पोखरेल, विष्णुप्रसाद पौडेल, गोकर्ण विष्ट र टोपबहादुर रायमाझीलाई जिम्मेवारी तोकिएको छ ।

जिम्मेवारी तोकिएका नेताले पार्टीभित्र विद्यमान समस्या समाधानसम्बन्धी १० बुँदे प्रस्तावमा आधारित निर्णयहरू कार्यान्वयनका क्रममा उत्पन्न हुन सक्ने समस्या समाधान गर्नेछ । केन्द्रीय निकाय तथा विभागहरूलाई पूर्णता दिने विषयमा आवश्यक गृहकार्य गर्न भीम रावल, ईश्वर पोखरेल, विष्णुप्रसाद पौडेल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे र लेखराज भट्टलाई जिम्मेवारी दिएको समाचार नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।