• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   गृहमन्त्री लामिछानेद्वारा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको अवलोकन ★   चितवनमा हुरीका कारण केराखेतीमा रु १२ करोडको क्षति ★   नेपालमा ब्रिटिस लगानीका लागि महासङ्घको अनुरोध ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा २८ गते सुनुवाइ हुने ★   विश्वकप छनोट खेल्ने नेपाली फुटबल टोलीको बिदाइ ★   प्रसुति गृहको नयाँ भवन चाँडै सञ्चालनमा ल्याउन स्वास्थ्यमन्त्री यादवको निर्देशन ★   अन्नपूर्ण आरोहण दिवसः मौरिस हर्जोगको स्मरण गर्दै विविध कार्यक्रम ★   सफारी जिप दुर्घटनामा छ पर्यटक घाइते ★   आर्मीले बुढानिलकण्ठलाई हरायो ★   मिथ्या सामाग्री पस्केर पत्रकारितालाई नधुमिल्याऔँः अध्यक्ष बस्नेत

एमालेले आफ्ना कार्यकर्ताका लागि भदौदेखि स्कुल सञ्चालन गर्ने



काठमाडौं । नेकपा (एमाले) केन्द्रीय स्कुल विभागले आफ्नो बार्षिक कार्ययोजना पारित गरेको छ । सोमबार पार्टी कार्यालय च्यासलमा बसेको बैठकले कार्ययोजना पारित गर्दै आगामी भदौ महिनादेखि नियमित रूपमा स्कुल चलाउने निर्णय गरेको उपमहासचिव तथा स्कुल विभाग प्रमुख प्रदीप ज्ञवालीले बताउनुभयो ।

प्रशिक्षण जनसंगठनबाट शुरू गर्न लागिएको छ । भदौ २ गतेदेखि पार्टी कार्यालय च्यासलमा दिइने प्रशिक्षणमा पहिलो लटमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले भाग लिन पाउने भएको छ । प्रशिक्षण तीनदिने हुने छ भने चालीस जनाको सहभागिता रहने छ ।

त्यसपछि राष्ट्रिय युवा संघका युवा कार्यकर्तालाई प्रशिक्षण दिने कार्यतालिका रहेको छ । क्रमशः सबै जनसंगठनलाई प्रशिक्षण दिइने र भदौभरमा सात्आठवटा जनसंगठनका पदाधिकारी तथा सदस्यहरूलाई प्रशिक्षण दिइसक्ने योजना रहेको उपमहासचिव ज्ञवालीले वताउनुभयो ।

प्रशिक्षणमा मार्क्सवादी दर्शन र पार्टी जीवनमा त्यसको प्रयोग, जनताको बहुदलीय जनवाद र समृद्ध नेपालको निर्माण, पार्टीको दशौं महाधिवेशनको कार्यदिशा, आजको सन्दर्भमा संगठनात्मक व्यवस्थापन र पार्टी जीवनमा सूचना प्रविधिको प्रयोग लगायतका विषयमा नेताहरूले प्रशिक्षण दिनु हुने छ ।

नेकपा (एमाले) मा स्थानीय निर्वाचन अघि र त्यसपछि पनि निरन्तर पार्टी प्रवेश चलिरहेको र अहिले पार्टीमा हजारौंको संख्यामा नवप्रवेशी रहनुभएकाले उहाँहरूलाई पनि पार्टीले प्रशिक्षण दिने भएको छ ।

उपमहासचिव ज्ञवालीले नवप्रवेशी लक्ष्यित प्रशिक्षण कार्यक्रम चलाउने निर्णय गरिएको वताउनुभयो । उहाँले भन्नुभयो– ‘नवप्रवेशी साथीहरूलाई एमालेको काम गर्ने शैली, संस्कार, मूल्य–मान्यता लगायत विषयमा प्रशिक्षित गर्ने योजना रहेको छ ।’

असोजदेखि दुई महिना सिङ्गो पार्टीपङ्ती निर्वाचनमा केन्द्रित हुने भएकाले विभागले आफ्नोे बार्षिक कार्ययोजना अन्तर्गतको निर्धारित कामलाई पुसदेखि पुनः निरन्तरता दिने छ । पुसपछि प्रशिक्षक प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने योजना रहेको छ ।

विभागले पाठ्यसामग्री तयारी र प्रकाशनलाई पनि कार्ययोजनामा राखेको छ । विभाग प्रमुख ज्ञवालीले पाँच्छवटा पुस्तक तयार भइसकेका र प्रकाशन गर्ने योजना रहेको बताउनुभयो ।