१८ भाद्र २०८३, बिहीबार
,
Latest
एक सातामा २५२ कन्टेनर कोरला पुगे पोखरा-दुबई उडान प्रभावकारी बनाउन पहल मारुती सिमेन्ट्सद्वारा प्रधानमन्त्री राहत कोषमा १ करोड ११ लाख रुपैयाँ सहयोग रक्षा बन्धनमा घर आउने भनेका सुनिल अझै बेपत्ता, परिवार शोकमा बाढी प्रभावित विद्यालय पुनःनिर्माणमा ‘ठूला विद्यालय’को अवधारणाः शिक्षामन्त्री पोखरेल पुत्रको दीर्घायुको कामना गर्दै–तीन छठ्ठी पर्व कमाण्डरसहित सहकर्मी गुमाउँदा पनि टिमुरेमा खटिइरह्यो सशस्त्र प्रहरी राष्ट्रियसभा बैठक भदौ २४ गते बस्ने नेपाललाई तत्काल जलवायु न्यायका लागि आर्थिक सहायता उपलब्ध गराउन माग विपद् प्रतिकार्यका लागि १५ स्थानीय तहलाई पौने ७ करोड रुपैयाँ पठाइयो, कुनलाई कति ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्वाचनमा महिलाको समानुपातिक सहभागिता गराउने विषयमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेस



अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा आगामी प्रदेशसभा र सङ्घीय संसद्को निर्वाचनमा महिलाको समानुपातिक सहभागिता गराउने विषयको जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेस भएको छ ।

बैठकमा सांसद विन्दा पाण्डेले संविधान कार्यान्वयनमा आएको ६ वर्ष बितिसक्दा पनि उल्लेखनीय सहभागिता नभएको भन्दै आगामी प्रदेश र सङ्घीय निर्वाचनमा महिलाको समानुपातिक सहभागिताअन्तर्गत प्रत्यक्षतर्फ ५० प्रतिशत उम्मेदवारी सुनिश्चित गराउन कानुन न्याय तथा संसदीय मामिलामन्त्रीको ध्यानाकर्षण गराउनुभयो ।

“दोस्रो जनआन्दोलन २०६२/६३ ले स्थापित गरेको समावेशी समानुपातिक सहभागिताको विषयलाई नेपालको संविधानले पनि स्वीकार गरेको परिवेशमा संविधान कार्यान्वयनमा आएको ६ वर्ष बितिसक्दा पनि महिलाको उल्लेखनीय सहभागिता नभएकाले आगामी प्रदेशसभा र सङ्घीय संसद्को निर्वाचनमा उनीहरुको समानुपातिक सहभागिता गराउन आवश्यक भएकोले” भन्ने जरुरी सार्वजनिक महत्वको विषयमाथि ध्यानाकर्षण गराइएको छ ।

उक्त ध्यानाकर्षण प्रस्तावको जवाफ दिँदै कानुनमन्त्री गोविन्द शर्मा (कोइराला) ले संविधानले व्यवस्था गरेको महिला सहभागिताको सुनिश्चितताका लागि कानुनी अड्चन हटाउन सरकार प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले प्रस्तुत प्रस्तावको सन्दर्भमा लैङ्गिक समानता र समावेशिताको प्रतिकूल रहेका कानुनको सरकारले विगतदेखि नै संशोधन र पुनरावलोकन गर्दै आएको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिने विश्वास व्यक्त गर्नुभयो ।