लमजुङ । जिल्लाको राइनास नगरपालिका-९ साततले नजिकै सग्रबासमा एक युवकको खुकुरी प्रहारबाट हत्या भएको छ ।
२४ वर्षीय सुरज थापाले खुकरी प्रहार गरी २२ वर्षीय सुदिन आलेमगरको हत्या गरेको प्रहरीले जनाएको छ ।
सोमबार राति साढे ८ बजेतिर उक्त घटना घटेको हुन सक्ने प्रहरीको अनुमान छ । गम्भीर घाइते आलेमगरको उपचारका लागि भतरपुर चितवन लाने क्रममा बाटोमै मृत्यु भएको हो । घटनामा संलग्न थापालाई प्रहरीले मंगलबार मध्यान्ह पक्राउ गरेको छ ।
मृतकको शव चितवनमै राखिएको छ । उनको टाउको र हातमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ ।
सुदिन बेंसीमा आफन्तलाई भेटेर गाउँ फर्किंदै गर्दा उनी फर्किने बाटोमा कुरिरहेका थापाले मोटरसाइकलमा हिँड्दै गरेका सुदिनलाई प्रहार गरेको बताइएको छ ।
थापा ट्याक्टर चालक हुन् । उनको किन हत्या गरे भन्ने खुल्नमा आएको छैन ।











