• १ असार २०८१, शनिबार
  •      Sat Jun 15 2024
  •   Unicode
Logo
Latest
★   देशमा केही नराम्रो नगर्नु नै अहिलेका लागि सबैभन्दा राम्रो गर्नु होः उपप्रधानमन्त्री लामिछाने ★   पुरानो पार्टीका भद्दा नक्कल गर्न भएन भन्नेमा हामी सचेत छौँ – उपसभापति वाग्ले ★   ‘खल्तीमा राजीनामा पत्र बोकेर हिँडेका छौँ, सरकारलाई दिएको समर्थनबारे समीक्षा गर्ने बेला भयो’ ★   अमेरिका २०२६ विश्वकपका लागि सिधै छनोट ★   एमसिसीअन्तर्गत बन्ने रातमाटे सबस्टेसनको ठेक्का लाग्यो ★   न्यूजिल्यान्डको पहिलो जित  ★   काठमाडौँ उपत्यकामा आज साँझदेखि केही शीतल हुने ★   मेलम्ची बाढीलाई फर्केर हेर्दा र विज्ञको बुझाई ★   दरबाङ–म्याग्दीखोला जलविद्युत् आयोजनाको दोस्रो अडिटमा सुरुङको काम सुरु ★   दक्षिण अफ्रिकासँग १ रनले हार्यो नेपाल

निर्वाचन सम्बन्धी कानून संशोधन गर्न एमालेकी सांसद रावलको माग



काठमाडौँ । नेकपा (एमाले) की सांसद दिलकुमारी रावल थापाले निर्वाचन सम्बन्धी कानून संशोधन गर्न माग गर्नुभएको छ ।

सोमवार राष्ट्रिय सभाको बैठकमा विशेष समयमा बोल्दै सांसद थापाले वर्तमान निर्वाचन प्रणालीमा सुधार गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले गणतन्त्र र संघीयतालाई बलियो बनाउनका लागि निर्वाचन प्रणालीको सुधार गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले निर्वाचन प्रणाली महंगो भएको भन्दै स्वच्छ, निष्पक्ष र सरल ढंगले निर्वाचन सम्पन्न हुनेगरी निर्वाचन सम्बन्धी कानूनलाई संशोधन गर्नुपर्ने बताउनु भयो ।

सांसद थापाले संसद जारी रहेको उल्लेख गर्दै चालु संसदबाटै फास्टट्रयाकमा कानून संशोधन गर्न सरकार र राजनीतिक दलहरुको ध्यानाकर्षण गराउनु भयो । उहाँले भन्नुभयो – ‘गणतन्त्रलाई बलियो बनाउनका लागि निर्वाचन प्रणालीमा गर्नुपर्ने सुधारका लागि किन दलहरु गम्भिर बन्न सकिरहेका छैनन् । संघर्षबाट प्राप्त गरेको संघीय लोकतान्त्रिक गणतन्त्र, संघीयतालाई संस्थागत गर्न, बलियो बनाउनको लागि वर्तमानमा देखिएको निर्वाचन प्रणालीमा सुधार गर्न जरुरी छ । म सरकारलाई भन्न चाहन्छु निर्वाचनको मिति घोषणा भइसकेको छ । संघीय संसद चालु रहेको अवस्था छ । अरु विषयमा फाष्टट्रयाकबाट थुप्रै विधेयकहरु पास गरिरहेका छौँ । यो विषय निर्वाचन सम्बन्धी कानून हामीले परिवर्तन गर्नु जरुरी छ । संशोधन गर्न जरुरी छ । म सरकारलाई यो विषयमा संवेदनशील हुनलाई संसद जारी रहेको अवस्थामा फास्टट्रयाकबाट निर्वाचन कानून संशोधन गरेर स्वच्छ, निष्पक्ष, सस्तो, सरल ढंगबाट निर्वाचनलाई सम्पन्न गर्नेतिर सरकार संवेदनशील बन्न, दल संवेदनशील बन्नको लागि पनि म आग्रह गर्न चाहन्छु ।’

उहाँले निर्वाचनमा विद्युतीय मतदान प्रणाली लागु गर्न निर्वाचन आयोगलाई आग्रह गर्नुभयो । भयरहित रुपमा निर्वाचन सम्पन्न गराउने गरी प्रवन्ध मिलाउन उहाँले आयोगको ध्यानाकर्षण गराउनु भयो । सांसद थापाले भारतमा इन्धनको मूल्य घटेको भन्दै नेपालमा पनि इन्धनको मूल्य घटाउन सरकार समक्ष माग गर्नुभयो ।