१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

१०० सिटभन्दा तल सम्झौता नगर्न कांग्रेस नेतृत्वलाई कार्यकर्ताको दवाब

१०० सिटभन्दा तल झर्ने अवस्था आए गठबन्धनबारे पुनरविचार हुने

१०० सिटभन्दा तल सम्झौता नगर्न कांग्रेस नेतृत्वलाई कार्यकर्ताको दवाब
अ अ+ अ-

काठमाडौं । सत्ता गठबन्धनभित्र प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि सिट बाँडफाँटको सकस भइरहेका बेला नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरुले भने १०० सिटभन्दा तल झरेर सम्झौता नगर्न पार्टी नेतृत्वलाई सुझाव दिएका छन् । प्रतिनिधिसभामा प्रत्यक्षतर्फको १६५ सिटमध्ये नेपाली कांग्रेसले १०० वा सोभन्दा केही बढी राख्नु पर्ने र बाँकी सिट अन्य दललाई दिनुपर्ने भन्दै पार्टी नेतृत्वलाई उनीहरुले सुझाव दिएका हुन् ।

यो अभियानका क्रियाशील एक केन्द्रीय सदस्यले न्यूजपोलारसँग भन्नुभयो, “गठबन्धन भनेको शक्तिहीन र संगठन नभएकाहरुलाई सधैँ काँध थाप्नु मात्र होइन, हैसियतअनुसारको दिनुपर्छ, बढी भाग खोजे एक्लै निर्वाचनमा जान तयार हुनुपर्छ ।”

सभापति शेरबहादुर देउवा निटक ती केन्द्रीय सदस्यले भन्नुभयो, “स्थानीय तहको निर्वाचनका बेला कांग्रेसको शक्तिका कारण माओवादी केन्द्र केही बलियो देखियो तर नेकपा एकीकृत समाजवादीको खासै संगठन र प्रभाव देखिएन, त्यहाँ एमाले फुटको असर देखिएन, अन्य पार्टी पनि कमजोर नै देखिए, कांग्रेसले कति समयसम्म कमजोरहरुलाई बोकेर हिँड्ने ?”

ती केन्द्रीय सदस्यका अनुसार हाल सिट बाँडफाँटका लागि गठन भएको कार्यदलको कामको छनक आएपछि यसअघि पार्टी केन्द्रीय समितिले गरेको गठबन्धनबारेको निर्णय पनि परिवर्तन हुन सक्छ । उहाँका अनुसार कांग्रेसले दिएको सिटमा चित्त बुझाए गठबन्धन हुने नत्र मित्रवत् प्रतिस्पर्धाका लागि बाटो खुल्ला गर्ने निर्णय हुनेछ । ६०/४० को भागवण्डासम्म स्वाभाविक हुने भन्दै उहाँले भन्नुभयो, “कांग्रेसले लिएको ६० प्रतिशतमा पनि फेरि शेखर कोइराला समूहलाई ४० प्रतिशत दिनुपर्ने अवस्था छ ।”

गठबन्धनभित्र पनि उपगठबन्धन बनाउँदै कांग्रेससँग बार्गेनिङको प्रयास भइरहेको भन्दै उहाँले गठबन्धनभित्र उपगठबन्धन बन्यो भने निर्वाचनमा त्रिपक्षीय प्रतिस्पर्धा हुने र त्यो सबै पक्षका लागि हितकर हुने बताउनुभयो । उहाँका अनुसार अन्य दलका शीर्ष नेताहरुले आफू असुरक्षित भएको र स्थानीय तहमा धेरै मत बदर भएका कारण गठबन्धनभित्र बाट एउटै निर्वाचन चिह्नमा उम्मेदवार हुन पाउने प्रावधान बनाउन निर्वाचन आयोगलाई निर्देशनसमेत दिएका थिए ।

गठबन्धनको निर्देशनअनुसार आयोगले केही दिनअघि एउटै निर्वाचन चिह्नमा उम्मेदवार हुन पाउने निर्णय गरेको थियो । देउवा निकट केन्द्रीय सदस्यहरुका अनुसार एकीकृत समाजवादीमा रहेका धेरै नेताहरु एमालेमा फर्कने सक्ने सुइँको सभापति देउवाले पाउनुभएको कारण सिट बाँडफाँट प्रक्रिया केही लम्बिन सक्छ । त्यसबेला माधव नेपालको आड लिएर प्रचण्डको गर्ने बार्गेनिङ पनि केही कम हुनेछ । त्यसपछि मात्र कांग्रेसले आफ्नो पोजिसन स्पष्ट गर्छ ।