६ पुष २०८२, आईतवार
,
Latest
२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रुपमा अघि बढाएको छः मन्त्री गौतम योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमालः तीन वर्षमा ५ हजार पर्यटक भित्रिए विराटनगरमा नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेका डाक्टरको मृत्यु पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय बनाइयोस्ः स्वामी आनन्द अरुण आहा ! आलिताल मौन पीडामा रहेकी कालिमायाको याचना … जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसंघमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिहीबार नेप्से परिसूचक ५८.९९ अंकले गिरावट



अ+ अ-

काठमाडौँ । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचकमा उच्च अंकले गिरावट आएको छ । 

बुधबार १५ अंकले गिरावट आएको नेप्से बिहीबार ५८.९९ अंक घटेर २ हजार ६६१.४४ विन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स २ प्रतिशत घटेको छ भने फ्लोट इण्डेक्स २.१७ प्रतिशत र सेन्सेटिभ फ्लोट इण्डेक्स २.१४ प्रतिशत घटेको छ ।

बिहीवार कारोबारमा आएका २२९ कम्पनीको ८४ लाख ९० हजार कित्ता शेयर ४ अर्ब २९ करोड ३८ लाख ६४ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । कारोबारमा आएका २२९ कम्पनी मध्ये १२ कम्पनीको मात्रै मूल्य बढेको छ भने २११ कम्पनीको मूल्य घटेको नेप्सेले जनाएको छ । बाँकी ६ कम्पनीको मूल्य भने स्थिर रहेको छ ।

नप्सेको १३ वटै उपसमूहको परिसूचक राताम्मे भएको छ । जसमध्ये वित्त उपसमूहको परिसूचक सबैभन्दा बढी  ३.०१ प्रतिशत घटेको छ । त्यस्तै विकास बैंक, जलविद्युत, लगानी, जीवन बीमा, लघुवित्त, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ । बाँकी व्यापार, उत्पादन तथा प्रशोधन र बैंकिङ्ग उपसमूहको परिसूचक १ प्रतिशतले घटेको छ ।

नेप्से परिसूचकमा गिरावट आए पनि हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको शेयर भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।त्यस्तै युनिभर्सल पावर कम्पनीका मूल्य भने सबै भन्दा बढी ५.७० प्रतिशतले गिरावट आएको छ । नयाँ सारथी लघुवित्त र सिद्धार्थ इन्स्योरेन्सको शेयरमूल्य गिरावट आएको छ ।

कारोबार रकमका आधारमा २६ करोड ९७ लाख १६ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री गरेर नेशनल हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ । नेपाल टेलिकमको २५ करोडभन्दा बढीको कारोबार भएको छ ।