• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo
Latest
★    गरिमा शर्मा र विमल अधिकारी रिटिङ रिटिङ मा ★   ‘ॐ’ ब्रह्माण्डीय आवाज ★   गृहले दियो अध्यागमन विभागलाई अधिकार, गैर आवासीय अध्ययन भिसा र भिसा दस्तुरमा छुट दिन सक्ने ★   नेपालमा पिस कोर रेस्पोन्स स्वयंसेवकको पहिलो समूहद्वारा शपथ ग्रहण ★   कान्स फिल्म फेस्टिभलको रेडकार्पेटमा काठमाडौँका मेयर बालेन ★   अब संसद्को गतिरोध अन्त्य गरेर अगाडि बढ्नुपर्छः अध्यक्ष ओली ★   जब शुभमन गिलले अभिषेक शर्माको आमाको पाउ छोए ★   बैंगलोर र चेन्नईको खेलमा वर्षा भएपनि आधा घण्टामा मैदान सुकाइने ★   मधेस प्रदेशका चार जिल्लाको सीमानाका तीन दिन बन्द रहने ★   गृहमन्त्री संलग्न सहकारीहरुको नाम तोकेर छानविन समिति बनाऔँ: सांसद पाण्डे

न्युन आय वर्गलक्षित अत्याधुनिक सार्वजनिक शौचालय



काठमाडौँ । काठमाडौँ महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) ले सार्वजनिक शौचालय सञ्चालन र व्यवस्थापनमा महानगरभित्रकै सफल अभ्यासलाई अन्य वडामा प्रवर्धन गर्ने बताउनुभएको छ । आज वडा २० परोपकारमा स्तरोन्नतिपछि सञ्चालनमा ल्याइएको शौचालयको अवलोकनपछि प्रमुख शाहले यस्तो प्रतिक्रिया दिनुभएको हो ।

यस ठाउँमा २५ बर्षदेखि सार्वजनिक शौचालय रहेको थियो । प्रकाश, बत्ती, पानीजस्ता आधारभूत आवश्यकता पूरा नभएको र संरचना पनि जीर्ण भएकोले वडा २० ले स्तरोन्नतिका लागि एरोसान सस्टेनेवल स्यानिटेसनसँग सहकार्य गरेको थियो ।

पुननिर्माणपछि शौचालय अपाङ्गमैत्री, वातावरणमैत्री, लैङ्गिकमैत्री भएको छ । सुविधा थपिएका छन् । विष्णुमती नदी किनारामा भएको र यस क्षेत्रमा न्युन आय भएका व्यक्तिहरुको बढी आवतजावत हुने भएकोले त्यसै वर्गको सहजताका लागि शौचालयको स्तरोन्नति गरिएको हो ।

शौचालयको अवलोकनका क्रममा प्रमुख शाहले, पानी तथा दिशा पिसाब प्रशोधन प्रणाली, आकाशे पानी संकलन विधिलगायतका पक्षमा विशेष चासो राख्नुभएको थियो । त्यसपछिको संक्षिप्त प्रतिक्रियामा उहाँले, महानगरपालिका भित्र थप यस्ता शौचालयहरु निर्माण गर्न आवश्यक रहेको बताउँदै यस्ता सफल अभ्यासलाई सिकाई केन्द्रका रुपमा विकास गर्न सकिने धारणा राख्नुभयो । सार्वजनिक शौचालय निर्माण तथा आकाशे पानी संकलन र पुनः भरण प्रविधिलाई महानगरको प्रत्येक घरमा जडान गर्न सकिन्छ । यसका लागि हामीले बजेटको व्यवस्था पनि गरेका छौँ । प्रमुख शाहको भनाइ थियो ।

वडावासीलाई सुविधा थप्दै जानु हाम्रो जिम्मेवारी हो । यस ठाउँमा भएको सार्वजनिक शौचालय प्रयोग गर्न कठिन भएपछि हामीले साझेदारी कार्यक्रममा स्तरोन्नति गरेका हौँ । कार्यक्रममा वडा २० का अध्यक्ष राजेन्द्र मानन्धरले, सहज रुपमा प्रयोग गर्न सकिने शौचालयको प्रवर्धनमा निरन्तर काम गरिने बताउनुभयो ।

एरोसानले सन् २०२० देखि २०२२ सम्ममा काठमाडौँ महानगर क्षेत्रमा ४ वटा र ललितपुर महानगरपालिका क्षेत्रमा २ वटा गरी ६ वटा सार्वजनिक शौचालय सञ्चालनमा ल्याएको छ । यस अवधिमा ५ लाख ९१ हजार २६९ जना पुरुष र १ लाख ८० हजार ५३६ जना महिलाले यी शौचालयको प्रयोग गरेका छन् । प्रयोगकर्ताले उत्सर्जन गरेको दिशा पिसाब प्रशोधनका लागि शौचालयसँगै ग्याँस उत्पादन प्रविधि जडान गरिएको छ ।

यस प्रविधिबाट अहिलेसम्ममा ७० हजार ६९९ लिटर पिसाव र ९ हजार ५७९ किलो दिसा व्यवस्थापन भएको छ । यसबाट ७०५.२ लि. वायो ग्याँस अर्थात ४९.४ सिलिन्डर एल.पि.जि. ग्याँस उत्पादन भएको छ । यस्तै फोहोर पानी प्रशोधन प्रणालीबाट ३ लाख ६० हजार लिटर फोहोर पानी प्रशोधन भएको छ । आकाशेपानी संकलन प्रविधिको प्रयोगवाट २७ लाख ४० हजार १६० लिटर पानीको संकलन गरिएको छ । यसरी संकलन गरिएको पानी शौचालयमा प्रयोग हुने गरेको छ ।

एरोसानका कार्यकारी प्रमुख प्रकाश अमात्यकाअनुसार ‘एरोसानले निर्माण तथा सञ्चालन गरेका शौचालयमा दैनिक १ हजार लिटर फोहोर पानी प्रशोधन गर्ने क्षमता छ । १० घन मिटरको वायो ग्याँस प्लान्ट शौचालय परिसरमै छ । यस प्लान्टमा शौचालयबाट आएको दिशाबाट ग्याँस उत्पादन हुन्छ । अमात्यकाअनुसार शौचालयबाट निस्किएको कुनै पनि प्रकारको फोहोरले माटो, पानी र बतासलाई छुन पाउँदैन । यसकारण यी शौचालयहरु वातावरणमैत्री हुन् । यहाँ कुनै पनि प्रकारको दुर्गन्ध हुँदैन ।

विशेषता र सञ्चालनपछि वातावरणीय सुधारमा पुगेको फाइदाका कारण शौचालयको प्रविधि पुरस्कृत भएको छ । परम्परागत सफाईकर्मीको क्षमता विकास गरेर उनीहरुबाट सञ्चालन हुँदै आएका समुदायमा आधारित शौचालयले वातावरणका क्षेत्रका पुरस्कार प्राप्त गरेका हुन् । २०७८ सालमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रविधि प्रवर्धन पुरस्कार प्राप्त भएको थियो । विश्व स्तरीय सरफाती सेनिटेसन प्रतियोगितामा उत्कृष्ट ५ स्थानमा पुगेका यो प्रविधि महानगर क्षेत्रमा क्रमशः विस्तार हुँदै गएको छ ।

शौचालय सञ्चालन शुभारम्भ अवसरमा महानगरका प्रवक्ता एवं वडा १७ का अध्यक्ष नविन मानन्धर, वडा १५ का अध्यक्ष ईश्वरमान डंगोल, वातावरण तथा कृषि विभागकी प्रमुख सरिता राईलगायत सहभागी हुनुहुन्थ्यो ।