१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar चोलेन्द्र प्रकरण: आज सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता News Polar टेक्सासको अस्टिनमा भव्य रूपमा इन्द्रजात्रा मनाइयो-फोटो फिचर News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन

न्युन आय वर्गलक्षित अत्याधुनिक सार्वजनिक शौचालय

हामी महानगरभित्रकै सफल अभ्यासलाई अन्यत्र प्रवर्धन गर्छौँ — प्रमुख शाह

न्युन आय वर्गलक्षित अत्याधुनिक सार्वजनिक शौचालय
अ अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) ले सार्वजनिक शौचालय सञ्चालन र व्यवस्थापनमा महानगरभित्रकै सफल अभ्यासलाई अन्य वडामा प्रवर्धन गर्ने बताउनुभएको छ । आज वडा २० परोपकारमा स्तरोन्नतिपछि सञ्चालनमा ल्याइएको शौचालयको अवलोकनपछि प्रमुख शाहले यस्तो प्रतिक्रिया दिनुभएको हो ।

यस ठाउँमा २५ बर्षदेखि सार्वजनिक शौचालय रहेको थियो । प्रकाश, बत्ती, पानीजस्ता आधारभूत आवश्यकता पूरा नभएको र संरचना पनि जीर्ण भएकोले वडा २० ले स्तरोन्नतिका लागि एरोसान सस्टेनेवल स्यानिटेसनसँग सहकार्य गरेको थियो ।

पुननिर्माणपछि शौचालय अपाङ्गमैत्री, वातावरणमैत्री, लैङ्गिकमैत्री भएको छ । सुविधा थपिएका छन् । विष्णुमती नदी किनारामा भएको र यस क्षेत्रमा न्युन आय भएका व्यक्तिहरुको बढी आवतजावत हुने भएकोले त्यसै वर्गको सहजताका लागि शौचालयको स्तरोन्नति गरिएको हो ।

शौचालयको अवलोकनका क्रममा प्रमुख शाहले, पानी तथा दिशा पिसाब प्रशोधन प्रणाली, आकाशे पानी संकलन विधिलगायतका पक्षमा विशेष चासो राख्नुभएको थियो । त्यसपछिको संक्षिप्त प्रतिक्रियामा उहाँले, महानगरपालिका भित्र थप यस्ता शौचालयहरु निर्माण गर्न आवश्यक रहेको बताउँदै यस्ता सफल अभ्यासलाई सिकाई केन्द्रका रुपमा विकास गर्न सकिने धारणा राख्नुभयो । सार्वजनिक शौचालय निर्माण तथा आकाशे पानी संकलन र पुनः भरण प्रविधिलाई महानगरको प्रत्येक घरमा जडान गर्न सकिन्छ । यसका लागि हामीले बजेटको व्यवस्था पनि गरेका छौँ । प्रमुख शाहको भनाइ थियो ।

वडावासीलाई सुविधा थप्दै जानु हाम्रो जिम्मेवारी हो । यस ठाउँमा भएको सार्वजनिक शौचालय प्रयोग गर्न कठिन भएपछि हामीले साझेदारी कार्यक्रममा स्तरोन्नति गरेका हौँ । कार्यक्रममा वडा २० का अध्यक्ष राजेन्द्र मानन्धरले, सहज रुपमा प्रयोग गर्न सकिने शौचालयको प्रवर्धनमा निरन्तर काम गरिने बताउनुभयो ।

एरोसानले सन् २०२० देखि २०२२ सम्ममा काठमाडौँ महानगर क्षेत्रमा ४ वटा र ललितपुर महानगरपालिका क्षेत्रमा २ वटा गरी ६ वटा सार्वजनिक शौचालय सञ्चालनमा ल्याएको छ । यस अवधिमा ५ लाख ९१ हजार २६९ जना पुरुष र १ लाख ८० हजार ५३६ जना महिलाले यी शौचालयको प्रयोग गरेका छन् । प्रयोगकर्ताले उत्सर्जन गरेको दिशा पिसाब प्रशोधनका लागि शौचालयसँगै ग्याँस उत्पादन प्रविधि जडान गरिएको छ ।

यस प्रविधिबाट अहिलेसम्ममा ७० हजार ६९९ लिटर पिसाव र ९ हजार ५७९ किलो दिसा व्यवस्थापन भएको छ । यसबाट ७०५.२ लि. वायो ग्याँस अर्थात ४९.४ सिलिन्डर एल.पि.जि. ग्याँस उत्पादन भएको छ । यस्तै फोहोर पानी प्रशोधन प्रणालीबाट ३ लाख ६० हजार लिटर फोहोर पानी प्रशोधन भएको छ । आकाशेपानी संकलन प्रविधिको प्रयोगवाट २७ लाख ४० हजार १६० लिटर पानीको संकलन गरिएको छ । यसरी संकलन गरिएको पानी शौचालयमा प्रयोग हुने गरेको छ ।

एरोसानका कार्यकारी प्रमुख प्रकाश अमात्यकाअनुसार ‘एरोसानले निर्माण तथा सञ्चालन गरेका शौचालयमा दैनिक १ हजार लिटर फोहोर पानी प्रशोधन गर्ने क्षमता छ । १० घन मिटरको वायो ग्याँस प्लान्ट शौचालय परिसरमै छ । यस प्लान्टमा शौचालयबाट आएको दिशाबाट ग्याँस उत्पादन हुन्छ । अमात्यकाअनुसार शौचालयबाट निस्किएको कुनै पनि प्रकारको फोहोरले माटो, पानी र बतासलाई छुन पाउँदैन । यसकारण यी शौचालयहरु वातावरणमैत्री हुन् । यहाँ कुनै पनि प्रकारको दुर्गन्ध हुँदैन ।

विशेषता र सञ्चालनपछि वातावरणीय सुधारमा पुगेको फाइदाका कारण शौचालयको प्रविधि पुरस्कृत भएको छ । परम्परागत सफाईकर्मीको क्षमता विकास गरेर उनीहरुबाट सञ्चालन हुँदै आएका समुदायमा आधारित शौचालयले वातावरणका क्षेत्रका पुरस्कार प्राप्त गरेका हुन् । २०७८ सालमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रविधि प्रवर्धन पुरस्कार प्राप्त भएको थियो । विश्व स्तरीय सरफाती सेनिटेसन प्रतियोगितामा उत्कृष्ट ५ स्थानमा पुगेका यो प्रविधि महानगर क्षेत्रमा क्रमशः विस्तार हुँदै गएको छ ।

शौचालय सञ्चालन शुभारम्भ अवसरमा महानगरका प्रवक्ता एवं वडा १७ का अध्यक्ष नविन मानन्धर, वडा १५ का अध्यक्ष ईश्वरमान डंगोल, वातावरण तथा कृषि विभागकी प्रमुख सरिता राईलगायत सहभागी हुनुहुन्थ्यो ।