२४ जेष्ठ २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

दार्चुला घटनाको प्रतिवेदन बुझेलगत्तै गृहमन्त्रीले दिए यस्तो निर्देशन



अ+ अ-

काठमाडौं । दार्चुलाका  जयसिंह  धामी  बेपत्ता  भएको  घटनामा  भारतीय  सुरक्षा  निकाय  एसएसबीको  उपस्थिति रहेको गृह मन्त्रालयले जनाएको छ  । 

दार्चुलाको  व्यास  गाउँपालिका–२, खाङदाङका  धामी  मालघाटबाट साउन १५ गते तुइनको प्रयोग गरी भारततर्फको बाटो हुँदै सदरमुकाम खलङ्गा आउने  क्रममा बेपत्ता भएका थिए ।

घटनाका  सम्बन्धमा  सत्यतथ्य  छानबिन गर्न गृह मन्त्रालयका सहसचिव जनार्दन  गौतमको  संयोजकत्वमा  गठित  छानबिन  समितिले  मङ्गलबार  गृहमन्त्रीसमक्ष प्रतिवेदन पेस गरेको छ । प्रतिवेदनअनुसार  घटना  हुँदा  भारतीय  एसएसबीका  सुरक्षाकर्मीको  उपस्थिति  रहेको मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ ।

प्रतिवेदन बुझ्दै गृहमन्त्री बालकृष्ण खाणले प्रतिवेदन कार्यान्वयन गर्न सरकार प्रतिबद्ध  रहेको  बताउँदै  कार्यान्वयनको  प्रक्रिया  थाल्न  गृहसचिव  टेकनारायण पाण्डेलाई निर्देशन दिए । उनले नागरिकको  जीवन  रक्षाका  लागि  सरकार  प्रतिबद्ध  रहेको  बताउँदै स्थलगत रूपमा पुगेर तयार पारिएको  प्रतिवेदनले नागरिकमा विश्वास जगाउनेमा आफू आशावादी रहेको समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।