२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

दार्चुला घटनाको प्रतिवेदन बुझेलगत्तै गृहमन्त्रीले दिए यस्तो निर्देशन



अ+ अ-

काठमाडौं । दार्चुलाका  जयसिंह  धामी  बेपत्ता  भएको  घटनामा  भारतीय  सुरक्षा  निकाय  एसएसबीको  उपस्थिति रहेको गृह मन्त्रालयले जनाएको छ  । 

दार्चुलाको  व्यास  गाउँपालिका–२, खाङदाङका  धामी  मालघाटबाट साउन १५ गते तुइनको प्रयोग गरी भारततर्फको बाटो हुँदै सदरमुकाम खलङ्गा आउने  क्रममा बेपत्ता भएका थिए ।

घटनाका  सम्बन्धमा  सत्यतथ्य  छानबिन गर्न गृह मन्त्रालयका सहसचिव जनार्दन  गौतमको  संयोजकत्वमा  गठित  छानबिन  समितिले  मङ्गलबार  गृहमन्त्रीसमक्ष प्रतिवेदन पेस गरेको छ । प्रतिवेदनअनुसार  घटना  हुँदा  भारतीय  एसएसबीका  सुरक्षाकर्मीको  उपस्थिति  रहेको मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ ।

प्रतिवेदन बुझ्दै गृहमन्त्री बालकृष्ण खाणले प्रतिवेदन कार्यान्वयन गर्न सरकार प्रतिबद्ध  रहेको  बताउँदै  कार्यान्वयनको  प्रक्रिया  थाल्न  गृहसचिव  टेकनारायण पाण्डेलाई निर्देशन दिए । उनले नागरिकको  जीवन  रक्षाका  लागि  सरकार  प्रतिबद्ध  रहेको  बताउँदै स्थलगत रूपमा पुगेर तयार पारिएको  प्रतिवेदनले नागरिकमा विश्वास जगाउनेमा आफू आशावादी रहेको समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।