२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

महाधिवेशनमा होमियो काँग्रेस, भदौ १८ देखि नै वडा अधिवेशन



अ+ अ-

काठमाडौं । नेपाली काँग्रेसले भदौ १८ गते गाउँ तथा नगरपालिकाको वडा अधिवेशन सुरु गरेर पार्टीको १४औँ महाधिवेशन औपचारिक प्रक्रिया प्रारम्भ गर्ने भएको छ ।

पार्टीको  सबैभन्दा तल्लो  र औपचारिक निकाय वडा अधिवेशनको प्रारम्भ गरेर महाधिवेशनको शुभारम्भ गरिने भएको हो । पार्टीको केन्द्रीय निर्वाचन समितिले अब महाधिवेशनको प्रक्रिया सुरु हुने उल्लेख गर्दै निर्वाचन पर सर्ने या अन्य कुनै पनि खालको द्विविधा नरहेको स्पष्ट गरेको छ । 

निर्वाचन समितिका संयोजक महादेव यादवले अब कुनै खालको समस्या नरहेकाले महाधिवेशनको प्रक्रिया सहज रूपमा अघि बढ्ने जानकारी दिए ।  पार्टीले अहिलेसम्म ५६ जिल्लाका क्रियाशील सदस्यताको विवाद समाधान गरी ५३ जिल्लामा जिल्ला निर्वाचन अधिकृत खटाइसकेको समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।