• १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
  •   Unicode
Logo

साफ यू–२० च्याम्पियनसिपको उपाधि भारतलाई



काठमाडौं । घरेलु टोली भारतले साफ यू–२० च्याम्पियनसिप फुटबलको उपाधि जितेको छ ।

भुवनेश्वरस्थित कालिंगा स्टेडियममा शुक्रबार भएको फाइनलमा बंगलादेशलाई अतिरिक्त समयमा ५–२ गोलले पराजित गर्दै भारतले उपाधि जितेको हो ।

भारतलाई जित दिलाउन गुर्किरत सिंहले ह्याट्रिकसहित ४ गोल गरे । यस्तै हिमान्सु जान्ग्राले एक गोल गरे । बंगलादेशका मोहमद रोजन र शाहीम मियाले एक–एक गोल गरे ।

यसअघि यू–१८ र यू–१९ उमेर समूहमा भएको यो प्रतियोगिता भारतले दोस्रो पटक जितेको हो । यसअघि नेपालमा भएको तेस्रो संस्करण पनि भारतले जितेको थियो । त्यसअघि सन् २०१५ र २०१७ को उपाधि भने नेपालले जितेको थियो ।