• १९ असार २०८१, बुधबार
  •      Wed Jul 3 2024
  •   Unicode
Logo
Latest
★   अस्पतालबाट डिस्चार्ज भए शत्रुघ्न सिन्हा ★   हरेक निर्वाचन क्षेत्रका चार वटा योजनामा बजेट विनियोजन गर्नुपर्ने नीति बनाउनुपर्छ: सांसदहरु ★   एसइईमा सामुदायिकतर्फ भिमाद जलौदीको बाल शैक्षणिक मावि जिल्लामै प्रथम ★   विदेशमा रहेका नेपालीहरूको हितरक्षाका लागि विदेशस्थित नेपाली नियोगहरूको क्षमता अभिवृद्धि गर्नुपर्छ: प्रधानमन्त्री ★   नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो ★   रोहितले द्रविडलाई भनेका थिए – कोचिङ जारी राख्नुहोस् ★   संसदमा साङ्केतिक भाषाको दोभासे राख्न माग ★   आसामको बाढीमा मृत्यु हुनेको सङ्ख्या ३८ पुग्यो ★   प्रतिनिधिसभाबाट प्राप्त सन्देश राष्ट्रियसभामा टेबुल ★   विपद् प्रतिकार्यका लागि रेडक्रसले ७७ वटै जिल्लामा खटायो तालिमप्राप्त स्वयंसेवक

समाज परिवर्तन गर्नसक्ने चलचित्र निर्माण गर्न आवश्यक छः मन्त्री श्रेष्ठ



काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले समाज परिवर्तन गर्नसक्ने चलचित्रको विकास र निर्माण गर्न जरुरी रहेको बताउनुभएको छ । शुक्रवार २२ औं विश्व आदीवासी दिवसको अवसरमा काठमाडौंमा आयोजित आदीवासी चलचित्र प्रदर्शनसहित विशेष सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

मन्त्री श्रेष्ठले हरेक समयमा युग सुहाउँदो चलचित्र हुनुपर्ने बताउनु भयो । उहाँले विज्ञान प्रविधिको भरपुर प्रयोग भएको र स्थानीय संस्कृति र पहिचान झल्कने किसिमको चलचित्र निर्माण गर्नुपर्ने आवश्यक रहेको बताउनु भयो । उहाँले समाजमा भइरहेका घटनाहरुलाई समेटेर समाजक परिवर्तन गर्न मद्दत पुग्ने किसिमका कथावस्तु समेटिएको चलचित्र नेपाली समाजमा आवश्यक रहेको बताउनु भयो । उहाँले समाजको परिवर्तनका लागि लड्ने मानिसको चलचित्र उतार्न आवश्यक रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हरेक समयमा युग सुहाउँदो चलचित्र हुनुपर्छ । युग सुहाउँदो चलचित्र भन्नाले विज्ञानप्रविधिको हिसावले पनि सबैभन्दा माथि उठेको विज्ञानप्रविधिको प्रयोग हुनुपर्छ । अग्रगामी ढंगकको हुनुपर्छ । कथावस्तु पनि सामाजिक विषयवस्तुलाई समेटेर हाम्रो समाजमा भइरहेका घटनाहरुको हुनुपर्छ । प्रगतिशील दिशा दिने खालको हुनुपर्छ । व्यक्ति नभइ समाजलाई परिवर्तन गर्ने किसिमको हुनुपर्छ ।

समाजमा सामाजिक परिवर्तनसँग गाँसिएर समाजको परिवर्तनका लागि लड्ने मानिसको चलचित्र उतार्न आवश्यक छ । दक्षिण एशियामा वंशानुगत पेशा बन्ने समस्या देखिएको छ । यो राम्रो होइन । त्यस्तो खालको प्रवृतिले राम्रो गर्दैन । समाज परिवर्तनको लागि नेतृत्व गर्ने व्यक्तिलाई कथाका पात्र बनाउनु पर्छ ।

चलचित्रमा खराब नभइ असल पात्रहरु रोल मोडेल पात्रहरुको जन्म हुनुपर्छ । यी कुराहरु ध्यानमा राखेर चलचित्रहरु निर्माण गर्नुपर्छ । आफ्नो संस्कृति, पहिचान झल्कने खालका चलचित्र बनाउन आवश्यक छ ।’ मन्त्री श्रेष्ठले माईतीघर भन्ने स्थानमा नेपाली चलचित्र माईतीघरको ठूलो बोर्ड राखेको र सहचालकहरुले माईतीघर बोलाउन थालेसँगै पछि माईतीघर नै नामाकरण भएको बताउनु भयो ।