२१ आश्विन २०८१, सोमबार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आज चार करोड ७९ लाख सहयोग प्राप्त सुक्खा पहिरोले जयपृथ्वी राजमार्ग अवरूद्ध मेलम्चीको पानी भोलिदेखि नै काठमाडौंमा पथान्तरण गर्ने सहमति विपद्का कारण चाडपर्वको रौनकले छोएन गाउँघरलाई प्रेस काउन्सिलद्वारा ४३ युट्युब च्यानललाई कारवाही गर्न पत्राचार निम्न वर्गका जनताले पनि जलविद्युतमा १० प्रतिशत शेयर लगानी गर्ने वातावरण बनाउँछौंः मन्त्री खड्का नेपाल एयरलाइन्सले काठमाडौँ–भैरहवा उद्धार उडान गर्ने झगडापछि एक युवकको मृत्यु राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता: रोजगारी र सुशासनमा दलहरू मिलेर काम गर्न राष्ट्रपतिको सुझाव बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या दुई सय ४६
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौं उपत्यकामा ५ महिनादेखि जारी निषेधाज्ञा हट्यो !



अ+ अ-

काठमाडौं । काठमाडौं उपत्यकामा ५ महिनादेखि जारी निषेधाज्ञा हटेको छ । 

उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयले ५ महिनादेखि जारी निषेधाज्ञा हटाएको हो । बुधबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले ‘निषेध’ शब्दलाई हटाएर आदेश जारी गरेका हुन् । ती आदेशहरू बिहीबारदेखि भदौ मसान्तसम्म लागू हुनेछन्।

'निषेध भन्ने शब्दलाई हटाएर हामीले आदेश जारी गरेका छौं। स्वास्थ्य मापदण्डहरू पालना गरेर कृयाकपलाप सञ्चालन गर्न सक्ने भन्ने मोडालिटीमा गयौं,' पराजुलीले भने।

बुधबार काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी बसेर सो आदेश जारी गरेका हुन्।

यसअघि शैक्षिक संस्थाहरूले भौतिक उपस्थितिमा ‍पठनपाठन गर्न  बन्देज लगाइएको थियो । 

अहिले पनि भौतिक उपस्थितिमा पठनपाठन नगर्न भनेको छ भने गर्नैपर्ने अवस्थामा स्मार्ट लकडाउनको प्रावधान भित्र रहेर कोभिड १९ संकट व्यवस्थापन केन्द्रसँग समन्वय गरी विद्यालयहरु सञ्चाचालन गर्न सक्ने भएको हो।

यस्तै अब पसल, रेष्टुरेन्ट, होटल लगायत व्यवसायहरू सञ्चालन गर्न पाइने भएको छ।