६ पुष २०८२, आईतवार
,
Latest
बागलुङका किसानका व्यथा : सुन्तला सस्तोमा बेच्न बाध्य प्रीमियर लिगः आर्सनल र सिटीको जित, चेल्सीले अंक बाँड्यो आज विश्व ध्यान दिवस मनाइँदै प्रतिनिधिसभा सदस्य निर्वाचन: प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था मुख्यमन्त्री यादव रौतहट क्षेत्र नं १ बाट सिफारिस पोखरा पर्यटन वर्षका सन्दर्भमा ‘टुर दि पोखरा’ दार्चुलामा भूकम्पको धक्का राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी
तपाईं के खोज्दै हुनुहुन्छ ?

गठबन्धनमा रहेका दल सत्ता पक्ष हो कि प्रतिपक्ष: महामन्त्री शर्मा



अ+ अ-

काठमाडौ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सत्ता साझेदार दलको रुपम रहेका नेकपा माओबादी केन्द्र र नेकपा समाजवादी लाई द्वेध चरित्र नदेखाउन आग्रह गर्नु भएको छ।  विभिन्न राजनैतिक दलहरुको गठबन्धन तत्कालिन राजनैतिक निकास र संविधानको रक्षाको निम्ति बनेको भए पनि राज्यको आवश्यकता सँगै सम्वृद्धि बिकासको मुद्दामा पनि एक ठाउमा आउनुपर्ने बताउनु भयो।

बिहिबार साँझ न्युज एजेन्सी नेपाल सँग कुरा गर्दै महामन्त्री शर्माले सत्ता साझेदार भएर गठबन्धन बस्ने तर सरकारको प्रस्तावमा बिमति राख्ने विषय नसुहाउने बताउनु भयो। जनताको हीतको बिषयमा सत्ता पक्ष र बिपक्षी दल एक ठाउ आएर निकास निस्कन सक्ने वातावरण बन्ने अवस्थामा नेपाली कांग्रेसले गठबन्धन कुरेर नबस्ने पनि महामन्त्री शर्माले स्पष्ट पार्नु भयो।