२६ भाद्र २०८३, शुक्रबार
,
Latest
कलाकार सङ्घद्वारा दैवीप्रकोप उद्धार कोषमा पाँच लाख २५ हजार रुपैयाँ सहयोग भोटेकोशी बाढी प्रभावितका लागि दूरसञ्चार प्राधिकरणद्वारा १५ करोड सहयोग बर्दिवास मेडिकल कलेज अब बन्छः मन्त्री पोखरेल भोटेकोशी बाढी: छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा सडकपेटीमा सुत्केरीः काममा खटिएका छ जना कर्मचारी निलम्बित रास्वपाद्वारा ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज तयार गर्न समिति गठन बाढी प्रभावित पहाडका जनतालाई मधेसले गरेको सहयोग सराहनीय छ : संयोजक दाहाल छोरा भेटिने आसमा भौँतारिएका ‘बा’हरू बाढी प्रभावित नुवाकोट र रसुवा जाने टोलीलाई अध्यक्ष ओलीको निर्देशन प्रभु बैंकका सञ्चालक र कर्मचारीद्वारा बाढीपीडितका लागि ४० लाख ८० हजार सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिस्ने खोलाले कार बगायो, चार जनाको मृत्यु



अ+ अ-

दाङ । गएराति दाङमा बाढीले गाडी बगाउँदा एकै घरमा दुई दिदी बहिनीसहित चार जनाको मृत्यु भएको छ । 

घोराही लमही सडक खण्डको घोराही उपमहानगरपालिका–४ सिस्ने खोलामा आएको बाढीले प्रदेश ०३– ०१–०२४ च ४४४० नम्बरको कारलाई बगाउदा चार जनाको मृत्यु भएको हो । 

दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङका अनुसार घोराही १३ की ३२ वर्षीया सुशीला श्रेष्ठ, घोराही १४ की ३० वर्षीया राधा श्रेष्ठ कुँवर, घोराही–१३ की ४० वर्षीया रीता माया पुन र घोराही–१४ का ४२ वर्षीया बिमला केसीको मृत्यु भएको हो । चालकलाई भने प्रहरीले उद्धार गरेको छ । 

रुपैडैयाँ किनमेल गरेर फँर्कदै गर्दा गाडीलाई बाढीले बगाएको थियो ।

मृतक राधा र सुशीला घोराही उपमहानगरपालिका वडा नम्बर १६ का सदस्य जगत श्रेष्ठका छोरीहरू हुन् । चालक घोराही–१५ का ४० वर्षीय नरबहादुर पुनको खुट्टा भाँचिएको र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भैरहेको छ ।