५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा

नेपाल छ महिनामा तरकारीमा आत्मनिर्भर हुनसक्छः अर्थमन्त्री शर्मा

नेपाल छ महिनामा तरकारीमा आत्मनिर्भर हुनसक्छः अर्थमन्त्री शर्मा
अ+ अ-

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले अहिलेको बजेट उत्पादनमुखी रहेकाले सबै उत्पादनमा जोडिनुपर्ने आवश्यकता रहेको बताउनुभएको छ ।

मंगलवार भीमदत्त पन्त स्मृति दिवसको कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले यस्तो बताउनुभएको हो । उहाँले सरकारले ल्याएको बजेट कृषि उत्पादनमा केन्द्रित भएको उल्लेख गर्दै उत्पादनको क्षेत्रमा लाग्न सबैलाई आग्रह गर्नुभयो ।

मन्त्री शर्माले कृषिमा आत्मनिर्भरता र औद्योगिक उत्पादनमार्फत आयात प्रतिस्थापन गर्ने बजेटले व्यवस्था गरेको बताउनु भयो । मन्त्री शर्माले हामीसँग भएको श्रम,स्रोत र प्रविधिको एकीकृत परिचालनद्वारा मात्रै नेपाललाई समउन्नत बनाउन सकिने बताउनु भयो । उहाँले सरकारले किसानको घर खेतमा गएर लगानी गर्ने तथा बजेटमा किसानलाई पेन्सनको व्यवस्था समेत गरेको दाबी गर्नुभयो । मन्त्री शर्माले भूमिहीनहरुलाई जमिन दिएर,पुँजी नहुनेहरुको लागि पुँजी उपलब्ध गराएर र औजार नहुनेलाई औजार दिएर कृषिमा जोड्नुपर्ने आवश्यकता रहेको बताउनु भयो । उहाँले कृषिमा जोडेमात्रै मुलुकको अर्थतन्त्र सवलिकरण हुनसक्ने बताउनु भयो ।

उहाँले भन्नुभयो,‘किसानको भुमिका महत्वपूर्ण हो । हामीसँग भएको जमिन हो । हामीसँग भएको जमिन,जङ्गल र श्रम हो । यसको एकीकृत परिचालन श्रम,स्रोत र प्रविधिको एकीकृत परिचालनद्वारा आज नेपाललाई समउन्नत गर्न सकिन्छ । उत्पादन वृद्धि गर्ने,आयातमा भर परेको अर्थतन्त्रलाई अहिले आन्तरिक उत्पादनमा आधारमा अर्थतन्त्र सुधार गर्न सकिन्छ भन्ने उदेश्यका साथ अहिलको वर्षको बजेट पास भएको छ । बजेटले किशानका महत्वपूर्ण भुमिकालाई अझ माथि उठाउन प्रयास गरेको छ । लघुवित्तहरुले ऋण दिनुपर्छ भनेर बजेट पास भएको छ । किसानहरुको घर खेतमा गएर लगानी गर्ने विषय अगाडि बढाएको छ । किसानहरुलाई पेन्सनको कुरा बजेटमा आएको छ ।

देशमा कृषिमा आत्मनिर्भरता र औधोगिक उत्पादन मार्फत आयात प्रतिस्थापन गर्ने बजेटले व्यवस्था गरेको छ । आजको राष्ट्रियता भनेको सवल,आत्मनिर्भर अर्थतन्त्र हो । हामी अहिले पनि तरकारी निर्यात गरेर खाएका छौं । आज भूमिहीनहरुलाई जमिन दिएर उत्पादनसँग जोड्नको लागि,पुँजी नहुनेहरुको लागि पुँजी उपलब्ध गराएर उत्पादनमा जोड्नको लागि औजार नहुनेलाई औजार दिएर कृषिमा जोड्नु पर्ने आवश्यकता रहेको छ ।यसरी जाँदा मात्रै मुलुकको अर्थतन्त्रलाई सवलिकरण गर्न सकिन्छ । हामीसँग सबै कुरा छ । अब हामी उत्पादनसँग जोडिनु पर्छ । सबै युवादेखि वृद्धासम्म कृषि क्षेत्रको उत्पादनमा सबैलाई सहभागी गरौँ । काठमाडौंको लागि चाहिने तरकारी काठमाडौं आसपासको जिल्लाले उत्पादन गरौँ । अब आयात गरेर खाइरहेको कुरालाई अन्त्य गर्नुपर्छ । तरकारीमा ६ महिनामा आत्मनिर्भर हुनसक्छौं । औद्योगिक क्षेत्रमा चार वर्षमा ठूलो प्रगति गर्नसक्छांै । कृषि उत्पादन वृद्धि, आत्मनिर्भर अर्थतन्त्रमुखी बजेट कार्यान्वयमा चुनौती रहेको छ । सबै मिलेर कार्यान्वयन गर्नुपर्छ ।’

मन्त्री शर्माले सरकारसँग सबैकुरा भएकाले उत्पादनसँग जोडिनुपर्ने बताउनु भयो । उहाँले नेपालले तरकारी निर्यात गर्नुपर्ने ठाउँमा आयात गरेको भन्दै किसान संघहरुले उत्पादनमा जोड दिन आग्रह गर्नुभयो । मन्त्री शर्माले उत्पादनलाई जोड दिएर तरकारी उत्पादन गरे नेपाल ६ महिनामा तरकारीमा आत्मनिर्भर बन्नसक्ने बताउनु भयो । उहाँले आयात गरेर खानुपर्ने वस्तुको अन्त्य गर्न आवश्यक रहेको बताउनु भयो ।