११ भाद्र २०८३, बिहीबार
,
Latest
त्रिशूली नदीमा आएको भीषण बाढीले रसुवादेखि चितवनसम्म ठूलो क्षति, खोज तथा उद्धार कार्य तिब्र भोटेकोशी बाढी : १६२ जनाको शव फेला, २८ प्रहरी अझै बेपत्ता भोटेकोशी बाढीको वितण्डा- फोटो फिचर भीषण बाढीबाट भएको क्षतिप्रति महासचिव गुटेरेसद्वारा दुःख व्यक्त गण्डकी प्रदेशमा मन्त्रिपरिषद् हेरफेर आइएफआरसीद्वारा भोटेकोशी बाढी प्रभावितलाई तत्काल करिब १९ करोड सहयोग घोषणा टप एन्ड टी–२० सिरिजः नेपाल ‘ए’ हैदराबादसँग खेल्दै त्रिशूली र नारायणी नदी किनारमा शव खोज्ने काम निरन्तर : ६४ शव भेटिए बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक दुई स्थानमा भारी वर्षा बाढीका कारण हालसम्म १५७ जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

गुडिरहेको ट्रयाक्टरबाट खसेर एकको मृत्यु



अ+ अ-

भक्तपुर । मध्यपुरथिमि–३ कौशलटारस्थित अरनिको राजमार्गसडकखण्डमा काठमाडौँबाट भक्तपुरतर्फ आउँदै गरेको ट्र्याक्टरबाट खसेर आज उदयपुर गाईघाट घर भई ललितपुर इमाडोल बस्ने १८ वर्षीय प्रदीप कार्कीको मृत्यु भएको छ ।

गुडिरहेको मिक्सचर बोकेको ना७त २७७४ नंको ट्र्याक्टरबाट खसेर घाइते भएका कार्कीको उपचारका लागि नेसनल ट्रमा सेन्टर पु¥याइए पनि मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले बताउनुभयो ।

ट्र्याक्टर चालक झापा कन्काई नगरपालिका–५ घर भई ललितपुर इमाडोल बस्ने २७ वर्षीय रोशन गुरुङलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको उहाँले जानकारी दिनुभयो ।