१८ असार २०८३, बिहीबार
,
Latest
पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो प्रजातन्त्रमा कस्तो चाहिन्छ नागरिक शिक्षा ? सामाजिक सुरक्षा कोष र सञ्चय कोषका सदस्यलाई किस्ट शिक्षण अस्पतालमा सहज तथा गुणस्तरीय स्वास्थ्य सेवा फिफा विश्वकप : बेल्जियम अन्तिम १६ मा, सेनेगल बाहिरियो अमेरिकी स्वतन्त्रता दिवस ‘रिसेप्सन’ समारोहमा उपराष्ट्रपति यादव सहभागी ठेक्का सम्झौता भएको पाँच वर्षपछि सडक स्तरोन्नति सर्पगन्धाले बदलिँदै सामुदायिक वनको स्वरूप पोखरा महानगरको बजेट पारित ठमेलमा अश्लील क्रियाकलापमा सङ्लग्न पाँच विदेशी महिला पक्राउ सरकारका १०० दिनः अर्थतन्त्रमा ‘मिसन मोड’ को राजनीतिक परीक्षा
तपाईं के खोज्दै हुनुहुन्छ ?

रोनाल्डोले तोडे सर्वाधिक गोलको कीर्तिमान



अ+ अ-

एजेन्सी । पोर्चुगीज स्टार क्रिस्टियानो रोनाल्डोले अन्तराष्ट्रिय फुटबलमा सर्वाधिक गोलको कीर्तिमान तोडेका छन् ।

विश्वकप छनोटमा रिपब्लिक अफ आयरल्याण्डविरुद्ध दुई गोल गरेका रोनाल्डोले अन्तराष्ट्रिय पुरुष फुटबलको सर्वाधिक गोलको कीर्तिमान (१११ गोल) तोडेका हुन् ।

पोर्चुगलले नाटकीय खेलमा रिपब्लिक अफ आयरल्याण्डलाई २–१ गोल अन्तरले हराएको थियो ।

३६ वर्षिय रोनाल्डोले अन्तिम समयमा हेडमार्फत दुई गोल गरेका थिए । 

अली दाइले इरानका लागि सन् १९९३ देखि २००६ सम्म खेल्दै अन्तराष्ट्रिय फुटबलमा सर्वाधिक १ सय ९ गोल गरेका थिए । रोनाल्डोले युरो २०२० मा सो कीर्तिमानलाई बराबरी गरेका थिए ।

यस्तै यसै सिजन म्यान्चेष्टर युनाईटेड आएका रोनाल्डोले सर्जियो रामोसको युरोपियन प्रतियोगितामा सर्वाधिक १ सय ८० क्यापको कीर्तिमानी समेत बराबरी गरेका छन् ।