२७ भाद्र २०८३, शनिबार
,
Latest
पोखरा बसपार्कका सुकुम्बासी व्यवस्थापन अघि बढाउँदै महानगर शहरको भान्सामा पुग्छ भोजपुरको ‘अकबरे खुर्सानी’ बाढीपीडितका लागि बाँकेका विद्यालय र अस्पतालबाट एक करोड २५ लाख सहयोग एसीसी प्रिमियर कप फाइनल: युएईविरुद्ध पहिला ब्याटिङ गर्दै नेपाल बाँदर-बँदेल रोक्न दिनमा हेरालु, रातमा काँडेतार आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर एसिसी प्रिमियर कप फाइनलः आज नेपाल र युएई भिड्दै कलाकार सङ्घद्वारा दैवीप्रकोप उद्धार कोषमा पाँच लाख २५ हजार रुपैयाँ सहयोग भोटेकोशी बाढी प्रभावितका लागि दूरसञ्चार प्राधिकरणद्वारा १५ करोड सहयोग बर्दिवास मेडिकल कलेज अब बन्छः मन्त्री पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानन्यायाधीश विनाको संवैधानिक इजलास नबस्नु : सर्वोच्च अदालत (पूर्णपाठ सहित)



अ+ अ-

काठमाडौं। सर्वोच्च अदालतले संवैधानिक परिषदसम्बन्धी अध्यादेश र त्यसका आधारमा गरिएका नियुक्तिविरुद्ध परेको रिटको सुनुवाई प्रधानन्यायाधीश विनाको संवैधानिक इजलासमा नगर्न अन्तरिम आदेश जारी गरेका छ ।

संवैधानिक इजलासमा प्रधानन्यायाधीश रहने कि नरहने भन्ने विषय महत्वपूर्ण भएकाले तत्काल संवैधानिक नियुक्तिसम्बन्धी सुनुवाइ स्थगित गर्न न्यायधीस हरि फुयालको एकल ईजलासले आदेश दिएको हो । सर्बोच्चको यो आदेश पछि  संवैधानिक परिषद्ले गरेका नियुक्ति सम्बन्धी भोलि हुने भनिएको सनुवाइ स्थगित हुने भएको छ । 

संविधानमा प्रधानन्यायाधीशको नेतृत्वमा बाहेक अरुको अध्यक्षतामा संवैधानिक इजलास गठन हुन नसक्ने  व्यबस्था भएको भन्दै अधिवक्ता गणेश रेग्मीले रिट दायर गर्नुभएको थियो । इजलासले १५ दिनभित्र प्रधानन्यायाधीशको सहभागिता सम्बन्धमा लिखित जवाफ पेस गर्नसमेत सर्वोच्च ,न्याय परिषद् र कानुन व्यवसायीलाई  आदेश दिएको छ। साथै  लिखित जवाफ आएको तीन दिनभित्र यस मुद्दाको पेसी तोक्न पनि इजलासले आदेश दिएको छ ।